Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरको सुधारगृह हत्या घटनामा दोषीलाई कडा कारबाही गर्न सांसद अवालको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2026
174

काठमाडौं । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसद डा. गंगा लक्ष्मी अवालले भक्तपुरस्थित सुधारगृहमा भएको जघन्य हत्या घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँले सुधारगृहजस्तो संवेदनशील स्थानमा भएको घटनाले त्यहाँको सुरक्षा तथा व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो।

सांसद अवालले सुधारगृहमा रहेका व्यक्तिहरूको सुरक्षा र मानवअधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउँदै यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने धारणा राख्नुभयो। उहाँले घटनाको वास्तविक कारण पहिचान गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित पक्षलाई न्यायको अनुभूति हुने गरी आवश्यक प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले देशभर सञ्चालनमा रहेका सुधारगृहहरूको प्रभावकारी अनुगमन र व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिनुभयो। सुधारगृहभित्र हुने हिंसा तथा अप्रिय घटना रोक्न नियमित अनुगमन, पर्याप्त सुरक्षा व्यवस्था र जिम्मेवार निकायको प्रभावकारी उपस्थितिसहित आवश्यक कदम चाल्न उहाँले सरकारसँग आग्रह गर्नुभयो।

शून्य समयमा सांसद अवालले विद्युत् उपभोक्तासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र प्रभावकारी नीति आवश्यक रहेको विषय पनि उठाउनुभयो। स्वदेशमै उत्पादन भइरहेको विद्युत्को अधिकतम उपयोग बढाउन उपभोक्तामैत्री नीति ल्याउनुपर्ने भन्दै उहाँले विद्युत् खपतलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

विशेषगरी विद्युतीय चुलोलगायत विद्युत् प्रयोग गर्ने उपकरणमा लगाइएको मूल्य अभिवृद्धि कर (VAT) हटाउनुपर्ने माग गर्दै सांसद अवालले विद्युतीय उपकरणको प्रयोगलाई सहज र सुलभ बनाउनुपर्ने बताउनुभयो। स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउन तत्कालीन तथा दीर्घकालीन रणनीति निर्माण गरी कार्यान्वयन गर्न सके ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र विद्युत् उपयोग दुवैलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने उहाँको धारणा थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved