Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्यो अध्यक्षमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2026
42.9K shares

हिमांशु राय-मोरङ । कोशी साहित्य–कला परिषद् नेपालको अध्यक्षमा केशु विरही चयन भएका छन् । आइतबार बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न साधारण सभाले विरहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । यसअघिको तदर्थ समिति पनि विरहीकै अध्यक्षतामा रहेको थियो ।

समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’ सहसचिवका गीता कुलुङ राई, कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोज विश्वकर्मा, नवीन थापा क्षेत्री, खेमचन्द्र अधिकारी, अम्बिकाप्रसाद कोइराला ‘अकेला’, एकराज भट्टराई रहेका छन् ।

कार्यक्रममा आ.व. २०८२/०८३ को संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष केशु विरही र आर्थिक प्रतिवेदन कोषाध्यक्ष चिरञ्जीवी काफ्लेद्वारा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा हर्कमान तामाङ, अमृतप्रसाद आचार्य, धनजित पराजुली, तिला लेकालीलगायतका स्रष्टाहरूको शुभकामना मन्तव्य रहेको थियो । उक्त कार्यक्रममा झापा, मोरङ तथा सुनसरीका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा÷कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्य समितिको अध्यक्षमा चयन भएलगित्तै संस्थाका अध्यक्ष विरहीले पहिलो कार्यकालमा संस्थाको दिगो विकासका लागि स्पष्ट आधार तयार पार्ने बताए । संस्थाको अवधारणकर्तासमेत रहेका विरहीले संस्थाको पहिलो बैठक बसेर आगामी कार्यक्रमका बारेमा तय गर्ने बताउँदै आफूहरूको जोड भनेको सबै स्रष्टा/कलाकारलाई अटाउने एउटा साझा संस्था बनाउने रहेको बताए । उनले भने, ‘हाम्रो जोड भनेको कोसी साहित्य–कला परिषद् नेपाललाई स्रष्टा/कलाकारको एउटा साझा संस्था बनाउने नै रहनेछ । हामी संस्थाले अनुसन्धान गर्न मिल्ने एउटा प्रादेशिक पुस्तकालय तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने योजनामा छौँ ।’

स्मरण रहोस् यस संस्थाले भड्किलो तथा खर्चिलो साहित्यिक कार्यक्रमलाई मितव्ययी बनाउन खादा मालाको प्रयोग नगर्ने, मञ्चलाई अतिथि आसनका लागि नभएर कार्यक्रमका लागि मात्र प्रयोग गर्ने, संस्थालाई साझा चौतारीका रूपमा विकास गर्ने, निःशुल्क बौद्धिक कार्य नलाउने, कुनै पनि राजनीतिक पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिलाई नेतृत्वमा नल्याउने आदि कार्यको थालनी गरेर साहित्यमा पुराना मान्यतालाई तोड्दै नयाँ मान्यता स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved