Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रामा निस्किए नेकका विद्यार्थी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 9, 2026
29.2K shares

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरू इन्जिनियरिङको प्रमाणपत्रसँगै अनुसन्धान, प्रविधि, नवप्रवर्तन र समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रामा निस्किएका छन् । कलेजले आयोजना गरेको विदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा विभिन्न विधाका विद्यार्थीलाई विदाइ गर्दै उनीहरूले कलेजमा हासिल गरेको ज्ञान, सीप र प्रविधिलाई व्यवहारमा उतार्न आग्रह गरिएको हो ।

कलेजले २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई विदाइ गरेको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले शैक्षिक उपलब्धिसँगै विषयगत दक्षता, अनुसन्धान तथा परियोजनामा विद्यार्थीले गरेको कामलाई समेत उत्कृष्टताको आधार बनाएको थियो ।

कार्यक्रममा कम्प्युटर इन्जिनियरिङतर्फ विष्णु शर्मा ३.९९ सीजीपीएसहित सर्वोत्कृष्ट विद्यार्थी बने । उनले चेयरमेन प्राइड अवार्डसहित कम्प्युटर इन्जिनियरिङतर्फ प्रोग्राम टपर, साइन्स अवार्ड तथा कम्प्युटर साइन्स अवार्डसमेत प्राप्त गरे । सिभिल इन्जिनियरिङतर्फ सुजाता बोहरा ३.९७ सीजीपीएसहित प्रोग्राम टपर भइन् । उनले मेकानिक्स, प्रोग्रामिङ, वाटर, स्ट्रक्चर र म्याथम्याटिक्स अवार्ड प्राप्त गरिन् । सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ सृष्टि चौधरी ३.८०, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ विजय पौडेल ३.८५ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ घृष्णा निरौला ३.३६ सीजीपीएसहित प्रोग्राम टपर घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुरानीले इन्जिनियरिङ शिक्षा प्रमाणपत्र प्राप्त गर्ने मात्र नभई समस्या पहिचान गरी त्यसको वैज्ञानिक समाधान खोज्ने शिक्षा भएको बताए । विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्रले मात्र विद्यार्थीको सफलता निर्धारण नगर्ने भन्दै उनले व्यावसायिक जीवनमा हासिल गर्ने उपलब्धि तथा समाज र राष्ट्रका लागि गर्ने योगदान नै वास्तविक सफलताको मापदण्ड भएको धारणा राखे ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यार्थीले कलेजमा हासिल गरेको ज्ञान र सीपलाई देश निर्माण तथा समाजको हितमा प्रयोग गर्न आग्रह गरे । उनले इन्जिनियरिङ शिक्षा केवल व्यक्तिगत रोजगारी र करियर निर्माणका लागि मात्र नभई मुलुकका विद्यमान समस्या पहिचान गरी त्यसको दीर्घकालीन समाधान खोज्ने माध्यम बन्नुपर्ने बताए । स्थानीय तहदेखि राष्ट्रिय तहसम्म पूर्वाधार, प्रविधि, कृषि, ऊर्जा, जलस्रोत तथा वातावरणका क्षेत्रमा दक्ष इन्जिनियरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख खत्रीले विद्यार्थीलाई आफूले हासिल गरेको प्राविधिक ज्ञानलाई सिर्जनशीलता र अनुसन्धानसँग जोडेर अघि बढ्न आग्रह गरे । उनले नेपालमै अवसर सिर्जना गर्दै देशको विकासमा योगदान गर्ने वातावरण निर्माण गर्न शैक्षिक संस्था, स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले अध्ययन पूरा गरी व्यावसायिक क्षेत्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई आफूले सिकेको ज्ञान र सीपको सही सदुपयोग गर्न अनुरोध गरे । कलेज व्यवस्थापन समितिका सदस्य प्राध्यापक सावित्री त्रिपाठीले उच्च शिक्षाका लागि विदेश गए पनि अवसर पाएपछि नेपाल फर्किएर देशकै लागि काम गर्न विद्यार्थीलाई आग्रह गरिन् । विद्यार्थीले व्यावसायिक जीवनमा प्राप्त गर्ने सफलताले कलेजको गौरवसमेत बढाउने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थीले तयार पारेका विभिन्न अनुसन्धान तथा परियोजनामध्ये उत्कृष्ट परियोजनासमेत घोषणा गरिएको थियो । ऊर्जा, कृषि, वास्तुकला, जलस्रोत तथा संरचनासम्बन्धी समसामयिक समस्या र तिनका प्राविधिक समाधान खोज्ने उद्देश्यले तयार गरिएका परियोजनालाई उत्कृष्ट घोषणा गरिएको हो ।

इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका दिपेन्द्र बोहरा, ग्रीष कुमार चौधरी, नेशनराज गडतौला र बशु धमलाले तयार पारेको ‘जीए–एएनएफआईएसद्वारा ट्युन गरिएको पीआईडी प्रविधि प्रयोग गरी इन्डक्सन मोटरको गति नियन्त्रणको परीक्षण तथा परम्परागत प्रविधिसँग तुलना’ शीर्षकको परियोजना उत्कृष्ट घोषित भयो ।

त्यस्तै, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका अभिषेक कटवाल, मनिषकुमार यादव र नरेन्द्र भट्टको ‘सटीक कृषिका लागि एआईओटी आधारित वास्तविक–समय बाली सिफारिस प्रणाली’, आर्किटेक्चर विभागका सगुन कोइरालाको ‘बायोफिलिक रिसोर्ट, गोकर्णेश्वर, काठमाडौं’ तथा सिभिल इन्जिनियरिङतर्फ अमृत केसी, मनोज पौडेल, तीर्थ पोखरेल, अमर सेन र विक्रम थापाको ‘कालीगण्डकी नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी जलशास्त्रीय मूल्याङ्कन’ परियोजना पनि उत्कृष्ट घोषित भए ।

सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ जेनिश पुरी, मिङमार डोर्जे थोक्करा, निर्जल बोगटी र सन्देश रानाले तयार पारेको ‘विभिन्न रिड्युस्ड भेलेसिटीको प्रभावमा रहने बेलनाकार चिम्नीहरूमा गतिशील प्रतिक्रिया र भोर्टेक्स सेडिङ व्यवहारको सीएफडी आधारित अध्ययन’ शीर्षकको परियोजनासमेत उत्कृष्ट ठहरियो ।

उत्कृष्ट विद्यार्थी तथा परियोजना तयार गर्ने विद्यार्थीलाई प्रमुख अतिथि प्राध्यापक राजेशकुमार ठकुरानी, कलेजका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कार्यवाहक प्राचार्य मोहनध्वज केसी, व्यवस्थापन समिति सदस्य प्राध्यापक सावित्री त्रिपाठी तथा विभागीय प्रमुखहरूले अवार्ड, प्रमाणपत्र तथा सम्मान प्रदान गरेका थिए ।

विदाइ कार्यक्रममा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकलका अर्जुन मण्डल, इलेक्ट्रिकल र कम्युनिकेसनका विजय पौडेल, सिभिल एन्ड रुरलका आशिष फुयाल, सिभिल इन्जिनियरिङकी सुजाता बोहरा तथा कम्प्युटर इन्जिनियरिङकी अरुणा थापाले अध्ययनका क्रममा कलेजमा बिताएका क्षण, अनुभव र सिकाइ सम्झँदै कलेजबाट प्राप्त ज्ञान तथा सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक नतिजासँगै अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक परियोजनालाई प्राथमिकता दिँदै आएको जनाएको छ । कलेजमा आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङलगायत स्नातक तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved