भक्तपुर । भक्तपुरको चाँगुनारायण–२, दुवाकोटमा खाना पकाउने ग्यासको कालोबजारी गरेको आरोपमा एक व्यापारी पक्राउ परेका छन्।
स्थानीय किराना पसल सञ्चालक तुलसीराम त्वयनाले एलपी ग्यासको एक सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
यो पनि पढ्नुहोस् 👇️
विदेशमा रहेका जग्गाधनीको आरोप: सहमतिबिनै जग्गाको बीचबाट बाटो खोलियो, न्यायको माग https://suchanachautari.com/41153/
विशेष सूचनाका आधारमा दुवाकोट प्रहरी टोलीले शनिबार बिहान उनलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि थिमि प्रहरी वृत्तमा लगेको जनाएको छ।
प्रहरीले उनको पसलबाट तीन थान भरिएका ग्यास सिलिन्डरसमेत बरामद गरेको छ। भक्तपुरमा ग्यास अभाव देखिएको मौका छोपेर केही व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको जनाएको छ।
