Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पशुपतिनाथ क्षेत्रमा भव्य धार्मिक महा–महोत्सव २०८३ सञ्चालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 8, 2026
957

अर्चना झा ,काठमाडौं ।  काठमाडौंस्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा श्री पशुपतिनाथ धार्मिक महा महोत्सव २०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ। साउन १ गतेदेखि सुरु भएको महोत्सव साउन ३१ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। देश–विदेशबाट आउने श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिताले पशुपति क्षेत्र धार्मिक आस्था, भक्ति र आध्यात्मिक वातावरणले भरिएको छ।

महोत्सवका संकल्पकर्ता राजानन्द माण्डव्यका अनुसार नेपालमै ‘कैलाश धाम’ निर्माण गर्ने दीर्घकालीन गुरुयोजनालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको विस्तार गर्दै वैदिक सनातन सभ्यताको संरक्षण र प्रवर्द्धनमा महोत्सव केन्द्रित रहेको उहाँले बताउनुभयो।

गत वर्ष पनि पशुपति क्षेत्रमा एक महिनासम्म ‘हिमवतखण्ड नेपाल माहात्म्य’ कार्यक्रम सञ्चालन गरी हजारौं भक्तजनसँग जोडिनुभएका माण्डव्यले यस वर्ष राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा आफ्नै संकल्प र पहलमा यो महोत्सव सञ्चालन गरिरहनुभएको हो।

महोत्सवअन्तर्गत पशुपति माहात्म्य प्रवचन, दैनिक धार्मिक प्रवचन ,भजन–कीर्तन,गौ–संरक्षण अभियान, चौंसठी ज्योतिर्लिङ्गको नित्य पूजन लगायतका विविध धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै नेपालमै कैलाश धाम निर्माणका लागि जनचेतना अभिवृद्धि गर्ने अभियानलाई पनि विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य धार्मिक आस्था जागरण, धर्म–संस्कृतिको संरक्षण, वैदिक सनातन सभ्यताको प्रवर्द्धन तथा नेपालको धार्मिक पर्यटनलाई थप सशक्त बनाउनु रहेको छ।

महोत्सवमा सहभागी भई धार्मिक पुण्य लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई हार्दिक आग्रह गरेको छ। साउन महिनाभर सञ्चालन हुने यस धार्मिक महोत्सवले पशुपति क्षेत्रलाई आध्यात्मिक ऊर्जा र भक्तिमय वातावरणले थप जीवन्त बनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved