Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महिला उद्यमीका लागि सिद्धार्थ बैंकको आकर्षक योजना, १५ लाखसम्म बिना धितो कर्जा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 5, 2026
[webverse_shares]

काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सिद्धार्थ बैंकले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना देशभरका सबै शाखामार्फत सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमले अधिकतम १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले २०८२ साउनदेखि ३० शाखाबाट परीक्षणका रूपमा सुरु गरेको योजना २०८३ साउनदेखि देशभर विस्तार गरेको जनाएको छ।

योजनाअनुसार बिना धितो १५ लाख रुपैयाँसम्म, आंशिक धितोमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितो राख्ने महिला उद्यमीले ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। नयाँ व्यवसाय सुरु गर्न चाहने महिलाले भने धितो अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याजदर नीतिअनुसार कर्जा प्रवाह गर्ने र ग्राहकले मासिक, त्रैमासिक वा ओभरड्राफ्टमार्फत भुक्तानी गर्न सक्ने जनाएको छ।

बिना धितो कर्जाका लागि व्यवसाय कम्तीमा पाँच वर्षअघि दर्ता भएको तथा तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको हुनुपर्नेछ। आंशिक धितोमा भने व्यवसाय तीन वर्षअघि दर्ता भई कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको भए पुग्नेछ। साथै, व्यवसायमा ५१ प्रतिशत वा सोभन्दा बढी महिला स्वामित्व भए स्वतः योग्य हुने, २० देखि ५० प्रतिशतसम्म महिला स्वामित्व भएका संस्थामा भने प्रमुख नेतृत्वमध्ये कम्तीमा एकजना महिला र सञ्चालक समितिमा एक महिला सदस्य अनिवार्य रहने व्यवस्था गरिएको छ।

वार्षिक पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने लघु, साना तथा मझौला उद्यम मात्र यस योजनामा सहभागी हुन सक्नेछन्। कर्जा स्वीकृतिका लागि सन्तोषजनक वित्तीय अभिलेख आवश्यक रहनेछ। बिना धितो कर्जाका लागि पछिल्लो एक वर्षमा किस्ता भुक्तानीमा ढिलाइ नभएको र पछिल्ला दुई वर्षमा ३० दिनभन्दा बढी कर्जा भाखा नाघेको रेकर्ड हुन नहुने बैंकले जनाएको छ। आवश्यक कागजात पूरा भएमा बिना धितो कर्जा करिब एक साताभित्र र धितोसहितको कर्जा करिब दुई साताभित्र स्वीकृत गर्ने लक्ष्य राखिएको छ।

सिद्धार्थ बैंकले यस आर्थिक वर्षभित्र ‘महिला समृद्धि’ कर्जा योजनामार्फत कम्तीमा एक अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ। पुँजी र धितोको अभावका कारण व्यवसाय विस्तार गर्न कठिनाइ भोगिरहेका महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र महिला आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले योजना सञ्चालन गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved