Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिरो, बाढी र अविरल वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण र केही एकतर्फी सञ्चालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 5, 2026
3.9K shares

काठमाडौं ।  देशका विभिन्न जिल्लामा पहिरो, बाढी तथा अविरल वर्षाका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ४:२० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको, केही एकतर्फी सञ्चालनमा रहेको तथा केही स्थानमा निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको जनाएको छ।

काठमाडौंको नागार्जुन नगरपालिका–८, ठुलो खोला क्षेत्रमा पहिरो खस्दा सितापाइला–धार्के सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै भोजपुर नगरपालिका–५, बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। इलाम नगरपालिका–९, राजदुवालीस्थित झ्यापदेखि ताल्चेजुङ सडकखण्डमा अविरल वर्षाले क्षति पुर्‍याएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटन्जेबेंसी हुँदै चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने अवस्थाको मूल्याङ्कन गर्दै सवारी सञ्चालन गरिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

यस्तै मकवानपुरको हेटौंडा–भैंसे–बागमती–ललितपुर हुँदै चल्ने कान्तिलोकपथमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ। उता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित चारकिलो (तातोपानी जाने बाटो) तथा भोटेकोशी गाउँपालिका–२, कोदारी क्षेत्रमा पहिरो खसेपछि अर्निको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved