Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2026
5.6K shares

काठमाडौं । देशका विभिन्न जिल्लामा पहिरो, बाढी र अविरल वर्षाका कारण मंगलबार बिहान ५ बजेसम्म प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाण्डेडाँडास्थित कान्तिलोकपथ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलोखेलस्थित सितापाइला–धार्के सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा झापा–ताल्तेजुङ सडकखण्डअन्तर्गत मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन रोकिएको छ। यस्तै, मकवानपुरको हेटौंडा–भिमफेदी–बागमती–ललितपुर हुँदै जाने कान्तिलोकपथमा पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने बाटो) र गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरोका कारण अर्निको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved