Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरका भूमिसम्बन्धी समस्या समाधान गर्न मन्त्री रावलसँग छलफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2026
2K

काठमाडौं । भक्तपुरका स्ववासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी मन्त्री प्रतिभा रावलसँग आज विस्तृत छलफल गरिएको छ। छलफलमा भक्तपुरका स्ववासी तथा अव्यवस्थित बसोबासीले भोगिरहेका समस्या, जग्गाधनी प्रमाणपत्र वितरण तथा दीर्घकालीन समाधानका उपायबारे विशेष रूपमा कुराकानी भएको जनाइएको छ।

भेटमा भक्तपुरका पर्ती (सार्वजनिक) जग्गाको संरक्षण, स्थानीय तहबाट भएको भनिएको अधिकार दुरुपयोग तथा त्यसका कारण उत्पन्न विवादबारे पनि ध्यानाकर्षण गराइएको थियो। साथै सहकारी पीडितहरूले भोगिरहेका समस्याको समाधानका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने विषय पनि उठाइएको बताइएको छ।

छलफलको क्रममा मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या समाधानलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको बताइन्। उनले सरकारले कानुन र नीतिअनुसार वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानतर्फ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

भेटघाटको अन्त्यमा मन्त्री रावलले, “म यो मन्त्रालयबाट फर्किँदा सुकुम्बासी समस्या पूर्ण रूपमा समाधान गरेर ‘सुकुम्बासी’ भन्ने शब्दलाई शब्दकोषमा मात्र सीमित गराउने छु,” भन्दै सरकारको लक्ष्य स्पष्ट रूपमा प्रस्तुत गरेकी थिइन्। उनको उक्त अभिव्यक्तिलाई उपस्थितहरूले सकारात्मक प्रतिबद्धताका रूपमा लिएको जनाइएको छ।

छलफलमा सहभागी पक्षले नागरिकको न्याय, भूमिसम्बन्धी अधिकारको सुनिश्चितता तथा सहकारी पीडितलाई न्याय दिलाउने विषयमा मन्त्री रावलले देखाएको प्रतिबद्धताको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। उनीहरूले भक्तपुरका स्ववासी तथा अव्यवस्थित बसोबासीको समस्या शीघ्र समाधान हुने अपेक्षा समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved