Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2026
5.6K

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरूको अवस्थाबारे जानकारी दिएको छ। प्राप्त विवरण अनुसार उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।

काठमाडौँ उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ पाण्डुरमा साउन १८ गते बिहान ५ बजेर ५० मिनेटमा गएको पहिरोले कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिममा वैशाख १२ गतेदेखि नै मध्यपहाडी लोकमार्ग प्रभावित छ।

त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरी सडक ‘एकतर्फी सुचारु’ गरिएको छ। इलामको राजदुवालीमा वैशाख २३ गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। यसैगरी तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित काँडेमा साउन १८ गते बिहान गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी चल्ने बीपी राजमार्गमा जेठ २२ गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाडी चलाउन दिइएको छ।

मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा पनि असार २९ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइँदैन। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चारकिलो र कोदारीमा गएको पहिरोले असार ३१ र साउन १ गतेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ।

दोलखाको तामाकोशीस्थित किर्नेटारमा साउन ७ गते बाढीले लामासाँघु-रामेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेपछि ‘खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाइएको’ जानकारी प्रहरीले दिएको छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा साउन ८ गतेको बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा बन्द छ। यो सडक खुल्न अझै लामो समय लाग्ने अवस्था छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि पहिरोको प्रभाव व्यापक छ। बागलुङको जैमिनीस्थित बेलबगरमा साउन १ गतेदेखि कालीगण्डकी करिडोर ‘एकतर्फी सुचारु’ छ। गोरखाको धार्चेस्थित अण्डर डाँडामा साउन १६ गते गएको पहिरोले लार्के-बेनीघाट कच्ची सडक पूर्ण रूपमा बन्द छ।

मनाङको नासो गाउँपालिका धारापानीमा साउन १७ गते गएको पहिरोले चामे-बेँसीसहर सडक खण्ड अवरुद्ध छ। म्याग्दीको रघुगङ्गास्थित बैसेरी र लमजुङको बेँसीसहरस्थित खर्खरे भिरमा साउन १८ गते बिहान गएको पहिरोले क्रमशः बेनी-जोमसोम र बेँसीसहर-मनाङ सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन्।

उता कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिमको आठबीसकोटस्थित रिजेगार्ड खोलामा साउन ६ गते आएको बाढीले भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

763647025_2536381690167883_3647206862103341896_n

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved