Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोहिङ्ग्या विषयमा निष्पक्ष छानबिन आयोग गठन गर्न डा. अन्सारीको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2026
24.3K shares

काठमाडौं । युवा अभियन्ता डा. अबुल हुसेन अन्सारीले नेपालमा गैरकानुनी रूपमा बसोबास गरिरहेका भनिएका रोहिङ्ग्या तथा यससँग जोडिएका विषयमा सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

अन्सारीले सुनसरी घटनाको सन्दर्भमा सम्पूर्ण मुस्लिम समुदायमाथि प्रमाणबिनै आरोप लगाइनु उचित नभएको उल्लेख गर्दै आवश्यक परे मुस्लिम समुदायको तीन पुस्तेसम्मको छानबिन गर्न आफूबाटै प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरेका छन्। उनले तथ्य र प्रमाणका आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन्।

उनले देशभरका जनप्रतिनिधिको सहभागितामा निष्पक्ष छानबिन समिति गठन गरी वास्तविक तथ्य संकलन गर्नुपर्ने धारणा राखेका छन्। भाषण, आरोप–प्रत्यारोप र राजनीतिक स्टन्टभन्दा प्रमाणमा आधारित अनुसन्धानमार्फत सत्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

अन्सारीले सरकारले अवैध रूपमा नेपालमा बसोबास गरिरहेका व्यक्तिबारे दाबी गरेको भए कानुनअनुसार अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। साथै, विगतमा वितरण गरिएका नागरिकता, नेपालमा रहेका रोहिङ्ग्या शरणार्थीको आधिकारिक तथ्यांक तथा यससम्बन्धी सरकारी निर्णयहरूको पनि निष्पक्ष समीक्षा गर्नुपर्ने माग गरेका छन्।

उनले मुस्लिम समुदायका अगुवाहरूले पनि बाहिरबाट आएका व्यक्तिहरूको कानुनी छानबिनमा सहयोग गर्नुपर्ने र जनप्रतिनिधिहरूले आफ्ना निर्वाचन क्षेत्रमा पुगेर वास्तविक अवस्था बुझ्नुपर्ने बताएका छन्। देशलाई भ्रम, अफवाह, राजनीतिक स्वार्थ र धार्मिक विभाजनभन्दा माथि उठाएर सत्य, कानुनी शासन, राष्ट्रिय एकता र सामाजिक सद्भावतर्फ अघि बढाउन सरकारसँग उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved