मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा आगामी असार २१ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञालाई थप ७ दिन लब्याएर निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
