Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभामुख अर्यालद्वारा संसदीय समितिलाई प्रभावकारी र समयबद्ध रूपमा काम गर्न निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2026
6.8K shares

काठमाडौं । सम्माननीय सभामुख डीपी अर्यालले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गर्दै समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन आवश्यक रहेको बताउनुभएको छ। छलफलमा समितिहरूको कार्यसम्पादन, विधेयक व्यवस्थापन, अनुगमन तथा संस्थागत सुधारका विषयमा विस्तृत विचारविमर्श भएको थियो।

छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि, उद्देश्य र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले कानुन र विधिको पूर्ण पालना गर्दै तथ्यमा आधारित अनुगमन गर्न आग्रह गर्दै निश्चित कार्यविवरण तयार गरेर मात्रै अनुगमनमा जानुपर्ने बताउनुभयो।

उहाँले सरकारलाई सुझाव तथा सल्लाह प्रदान गर्दा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक, व्यावहारिक र कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने उल्लेख गर्नुभयो। यसबाट संसदीय समितिहरूको भूमिका अझ प्रभावकारी र उत्तरदायी बन्ने विश्वास व्यक्त गर्नुभयो।

सभामुख अर्यालले विभिन्न विधेयकहरू लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै विधेयकहरूलाई समयमै टुंगोमा पुर्‍याउन निर्देशन दिनुभयो। साथै, पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक संशोधनसहित विधेयकलाई प्रतिनिधिसभामा पेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न तथा थप सक्षम बनाउने विषयमा पनि विचारविमर्श भएको थियो। समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उपायबारे सभापति तथा सचिवहरूले आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। सभामुखले प्राप्त सुझावलाई संसदीय समितिहरूको कार्यक्षमता अभिवृद्धिका लागि उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved