Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२०४८ सालको कर्मचारी आन्दोलनका शहीदको स्मरण : मनोज जोशीसहित तीन सपुतको योगदान आज पनि अमर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2026
58

काठमाडौ । वि.सं. २०४८ असार १६ गतेदेखि नेपाल निजामती कर्मचारी संगठनको नेतृत्वमा निजामती कर्मचारीहरू पेसागत अधिकार, तलब–सुविधा तथा स्वाभिमानको रक्षाका लागि देशव्यापी आन्दोलनमा उत्रिएका थिए। तत्कालीन सरकारले आन्दोलनलाई नियन्त्रण गर्न कडा नीति अपनाए पनि आन्दोलन झन् सशक्त बन्दै गएको थियो। यो आन्दोलन नेपालको निजामती कर्मचारी इतिहासकै महत्त्वपूर्ण र लामो आन्दोलनमध्ये एक मानिन्छ, जुन करिब ५६ दिनसम्म सञ्चालन भएको थियो।

यसै आन्दोलनको क्रममा वि.सं. २०४८ साउन १५ गते खोटाङको दिक्तेलमा निकालिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो। नेपाल निजामती कर्मचारी संगठनका तत्कालीन अध्यक्ष नारायणप्रसाद जोशीका सुपुत्र तथा विद्यार्थी मनोज जोशी कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउन जुलुसमा सहभागी भएका बेला प्रहरीको गोली लागेर घटनास्थलमै सहादत प्राप्त गरेका थिए। मनोज जोशीको बलिदानले कर्मचारी आन्दोलनलाई थप उचाइमा पुर्‍याएको इतिहासमा थियाे।

कर्मचारी आन्दोलनका क्रममा खोटाङका मनोज जोशीसँगै पोखराका झपेन्द्र कार्की र मुगुका सुरेन्द्र विश्वकर्माले पनि सहादत प्राप्त गरेका थिए। उनीहरूको त्याग र बलिदानलाई सम्मान गर्दै नेपाल सरकारले वि.सं. २०७४ माघ २२ गते उनीहरूलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो। नेपाल निजामती कर्मचारी आन्दोलनको इतिहासमा यी तीन शहीदको योगदानलाई पेसागत अधिकार र ट्रेड युनियन आन्दोलनको प्रेरणादायी अध्यायका रूपमा स्मरण गरिन्छ।

आज मनोज जोशीले सहादत प्राप्त गरेको ३५ वर्ष पूरा भएको अवसरमा देशका विभिन्न स्थानमा उहाँसहित आन्दोलनका शहीदहरूको सम्झना गरिएको छ। कर्मचारी संगठन, विभिन्न सामाजिक संघसंस्था तथा नागरिक समाजले उहाँहरूको योगदानको सम्मान गर्दै शहीदहरूले देखाएको साहस, त्याग र लोकतान्त्रिक अधिकारका लागि गरिएको संघर्ष नेपाली समाजका लागि सधैं प्रेरणाको स्रोत रहने छ।

शहीदहरू भौतिक रूपमा आज हामीबीच नरहे पनि उनीहरूले देखाएको पेसागत स्वाभिमान, अधिकारको रक्षा र न्यायपूर्ण सेवाप्रतिको प्रतिबद्धता नेपाली निजामती कर्मचारी आन्दोलनको अमूल्य विरासत बनेको छ। उनीहरूको बलिदानले स्थापित गरेका मूल्य र आदर्शलाई आत्मसात् गर्दै पेसागत सम्मान, सुशासन र जनउत्तरदायी सार्वजनिक सेवाको लक्ष्यतर्फ अघि बढ्नु नै उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved