Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा सरकार छैन : प्रधानमन्त्री बालेन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2026
[webverse_shares]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले वर्तमान सरकार हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको पक्षमा नरहेको स्पष्ट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूसँग भएको करिब दुई घण्टाको छलफलमा उनले हिन्दू राष्ट्रको मुद्दासँग राजतन्त्रको विषय पनि जोडिने भएकाले सरकार त्यस दिशामा नजाने धारणा व्यक्त गरेका हुन्।

छलफलमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री शाहले तराई–मधेस र पहाडमा हिन्दू राष्ट्रको मागका पछाडि फरक–फरक सन्दर्भ र भावना रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा राजतन्त्र पुनःस्थापना उपयुक्त नहुने बताएका थिए। उनले संघीयताको कार्यान्वयनप्रति सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै त्यसलाई कमजोर हुने कुनै पनि कदम नचालिने स्पष्ट पारे।

जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले प्रधानमन्त्रीको धारणा हिन्दू राष्ट्र र राजतन्त्रका विषयमा स्पष्ट रहेको बताए। त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले आफू र सरकार संघीय शासन व्यवस्थाप्रति दृढ रहेको तथा छानबिन प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही गरिने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा तराई–मधेसमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै केही स्वार्थ समूहले धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने प्रयास गरिरहेको बताए। उनले यस्तो गतिविधिविरुद्ध सबै राजनीतिक दल, सामाजिक अगुवा र नागरिक एकजुट भएर शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याए।

छलफलका क्रममा मधेशकेन्द्रित दलका नेताहरूले विगतमा भएका विभिन्न सम्झौताहरू कार्यान्वयन नभएको विषय उठाउँदै सुनसरीमा गृहमन्त्रीको उपस्थितिमा भएको सहमतिसहित सबै प्रतिबद्धता प्रभावकारी रूपमा लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सरकारले जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्दै मुलुकमा शान्ति, विश्वास र परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्ने विश्वास दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved