काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने व्यवस्था छ।
बैठकमा राष्ट्रिय सुरक्षा, आन्तरिक तथा बाह्य चुनौती र समसामयिक विषयमा आवश्यक निर्णय तथा नीतिगत छलफल हुने अपेक्षा गरिएको छ।
