Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरी घटनाले झस्कियाे झापा, सबै संयन्त्र ‘हाई अलर्ट’ मा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2026
2.9K shares

झापा । सुनसरी जिल्लामा भएको हालैको अप्रिय घटनापछि उत्पन्न परिस्थिति तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै झापामा सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ।

जिल्लामा धार्मिक तथा सामाजिक सौहार्दता बिग्रन नदिन स्थानीय प्रशासनले सरोकारवालाहरूका साथै विभिन्न समुदायका अगुवाहरूसँगको छलफल र भेटघाटलाई प्राथमिकतामा राखेको छ।

स्थानीय सञ्चारकर्मीहरूसँगको भेटघाटमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विशेष गरी कचनकवल र झापा गाउँपालिकास्थित मुस्लिम बस्तीहरूमा पुगेर स्थानीय अगुवा तथा धार्मिक गुरुहरूसँग प्रत्यक्ष कुराकानी र सहजीकरण गरिरहेको जानकारी दिएका छन्।

तल्लो तहसम्मै आपसी भाइचारा र सहिष्णुताको वातावरण बनाउन धार्मिक गुरुहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

सामाजिक सद्भाव कायम राख्ने प्रयासअन्तर्गत जिल्ला प्रशासन कार्यालयले झापाका १५ वटै स्थानीय तहका प्रमुखहरूसँग छलफल सम्पन्न गरिसकेको छ। स्थानीय तहका वडाहरू तथा तल्लो तहसम्म सद्भाव बैठकहरू आयोजना गरी सजगता अपनाउन पालिका प्रमुखहरूलाई आग्रह गरिएको छ।

सम्भावित अनपेक्षित घटना वा जोखिमलाई ध्यानमा राख्दै झापाका सबै सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको प्रजिअ गेलालले स्पष्ट पारेका छन्। जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा उत्तेजक विषयवस्तुका पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेको छ।

कुनै पनि भ्रामक तथा गलत सूचनाहरू समाजमा फैलन नदिन र त्यसको तत्काल खण्डन गरी सत्यतथ्य सञ्चार गर्न प्रजिअ गेलालले झापाली सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved