Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देवानगञ्ज फेरि अशान्त : राति दुई समुदायबीच भीषण दोहोरो झडप, घरेलु हतियारसहित आमनेसामने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2026
26.3K shares

सुनसरी । सुनसरीको देवानगञ्ज बजार मंगलबार राति फेरि तनावग्रस्त बनेको छ। दुई समुदायबीच भएको भीषण दोहोरो झडपका कारण बजार क्षेत्र युद्धस्थलजस्तै बनेको छ। साँझ करिब ७ बजेदेखि सुरु भएको झडप डेढ घण्टाभन्दा बढी समयसम्म जारी रहँदा पनि सुरक्षा निकायले अवस्था पूर्ण रूपमा नियन्त्रणमा लिन सकेको छैन।

प्रहरीका अनुसार दुवै पक्षका व्यक्तिहरू रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार बोकेर बजार क्षेत्रमा उत्रिएपछि एकाएक झडप चर्किएको हो। दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमण भइरहेका कारण बजार क्षेत्र अत्यन्त तनावपूर्ण बनेको छ। स्थानीयवासी त्रसित बनेका छन् भने अधिकांश पसल बन्द भएका छन्।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको ठूलो संख्यामा टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले भीड नियन्त्रण गर्न र थप हिंसा फैलिन नदिन प्रयास गरिरहेका छन्। यद्यपि झडप भइरहेका विभिन्न स्थानमा दुवै पक्ष आक्रामक बनेका कारण अवस्था नियन्त्रणमा चुनौतीपूर्ण रहेको सुरक्षा स्रोतले जनाएको छ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणका लागि सुरक्षा बल परिचालन गरिएको र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको जानकारी दिए। घटनामा घाइते तथा क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।

यसअघि पनि देवानगञ्ज क्षेत्रमा साम्प्रदायिक तनाव उत्पन्न भई झडप, कर्फ्यु र सुरक्षा बल परिचालनसम्मको अवस्था सिर्जना भएको थियो। पछिल्लो घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ भने अवस्थाको निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved