काठमाण्डौं । गत बिहीबारदेखि धनगढीमा आमरण अनशनमा बसेका डा. गोविन्द केसीले सरकारसँगको सात बुँदे सहमतीपछी हिजो बेलुकी अनशन तोडेका छन् ।
सोमबार बेलुका सरकारसँगको वार्तापछी ७ बुँदे सहमति भएको हो । सरकारले शनिबार वार्ता टोली धनगढी पठाएको थियो । टोलीसँग भएको छलफलमा सहमति भएपछि डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन् ।
सहमतिअनुसार कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) लाई पूर्ण क्षमतामा सञ्चालन गर्दै कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने र एमबीबीएस सहितका शैक्षिक कार्यक्रम तत्काल अघि बढाइने भएको छ ।
त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।
हेर्नुहोस् सहमतीका बुँदाहरु

