Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महामारी नसकिंदै सडक आन्दोलन,लगनको बेला हगन : विगतबाट पाठ सिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2021
5.7K

दुई महीना लामो निषेधाज्ञालाई सरकारले खुकुलो बनाउँदै लगेको छ, यससँगै आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेका छन् ।

निश्चय नै देशले लामो निषेधाज्ञा धान्न सक्दैन । कुनै न कुनै रूपमा जनजीवनलाई खुकुलो बनाउँदै लैजानु र सुरक्षा मापदण्डहरू कडाइपूर्वक पालन गर्नेभन्दा अरू विकल्प पनि हामीसँग बाँकी छैनन् । किनकि बहुसंख्यक नागरिकलाई कोरोना खोप उपलब्ध गराउने विकल्पमा हामी चुकिरहेका छौं ।

संक्रमण नियन्त्रणका लागि सरकारको भूमिका अहम् र निर्णायक हुन्छ । ‘स्मार्ट लकडाउन’ जस्तो अमूर्त शब्द प्रयोग गरेर मात्रै हुँदैन लकडाउनलाई क्रमशः खुकुलो बनाउन सरकारले विस्तृत कार्ययोजना तयार पारी तत्काल प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्छ ।

तर, यस मामिलामा न सरकार जिम्मेवार देखिएको छ, न सरकारले बाटो बिराएको बेला सचेत र सजग गराउने प्रतिपक्षी नै जिम्मेवार बन्न सकेको छ । देश चलाउने दलहरूको यो हविगत देखेर नागरिक चिन्तित बनिरहेको अवस्था छ ।

राजनीतिक दलहरू नेताले चलाउँछन् । नेतृत्वमा अग्रचेतना हुनुपर्छ । सानातिना राजनीतिक मतभेदहरू न्यूनीकरण गरेर महामारीमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने हो । तर, राजनीतिक दृश्यहरू त्यतातिर उन्मुख देखिंदैनन् । लामो समयदेखिको निषेधाज्ञाले दर्दनाक अवस्थामा बाँच्न विवश नागरिकको सरोकार र पीडा बेवास्ता गरेर दलहरू गैरजिम्मेवार बन्ने क्रम अझै पनि जारी छ ।

यस पटक पनि अदालती फैसलाको मिति नजिकिने दिनसँगै दलहरूका आन्दोलनले गति लिनसक्ने सम्भावना बलियो छ । तर महामारी फैलाउने यस्ता कुनै गतिविधिको परिणाम कति भयावह हुन्छ भन्ने विगतका घटनाबाट पाठ सिक्न जरूरी छ ।

सरकारपछि सबैभन्दा जिम्मेवार बन्नुपर्ने विपक्षी राजनीतिक दलहरू नै हुन् । तर यहाँ विपक्षी दल र सरकारबीच को बढी गैरजिम्मेवार बन्ने भन्ने प्रतिस्पर्धा जस्तो देखिएको छ ।

दल र सरकारले विगतबाट सिक्न चाहेको देखिंदैन । उनीहरू एकपछि अर्को गल्तीको पहाड खडा गरेर नागरिकको खुशीको सूर्योदय छेक्न उद्यत देखिएका छन् ।

कोरोना महामारीलाई नै छायाँमा पार्दै विष्णुमतीको मूला जस्तै मौलाइरहेको ‘राजनीतिक महामारी’ले थप जटिल रूप लिने संकेत देखिएको छ । विगतमा विपक्षीले सरकार विरुद्ध सडक प्रदर्शन गर्‍यो भने सरकारले पनि अनौठो निर्णय लिंदै सडकमा शक्ति प्रदर्शनमा भाग लिएको थियो । अहिले पनि परिस्थिति त्योतर्फ उन्मुख देखिनुलाई विडम्बना मान्नुपर्छ ।

विगतमा पनि राजनीतिक दलका कार्यक्रमहरू कोरोना संक्रमणको बढोत्तरीमा सहायकसिद्ध भएका थिए । यावत् क्षति भोगिसकेपछि त्यो क्रम यस पटक पनि दोहोरिने संकेत देखिएको छ । विपक्षी दल निकट पाँच युवा/विद्यार्थी संगठनले प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध अदालतले फैसला सुनाउने दिन नजिकिंदै गर्दा यो क्रम बढ्ने संकेत देखिंदैछ ।

पछिल्लो समय मुलुकको प्रमुख राजनीतिक मुद्दा अदालतको इजलासमा छ । विपक्षी गठबन्धन सडक आन्दोलनको चेतावनी दिइरहेको छ । आफ्नो अनुकूल परिस्थिति सिर्जना नहोला कि भनेर दलहरू कुतर्कको सिरानी हालेर आन्दोलनको सहारा लिने चेतावनी दिइरहेका छन् ।

यसले महामारीमा कोभिड संक्रमणलाई तीव्र रूपमा वृद्धि गर्न सघाउ पुर्‍याउँछ । समाजमा मार्गदर्शक र उदाहरण बनेर देखाउनुपर्ने राजनीतिक दलहरू नै गैरजिम्मेवार रूपमा प्रस्तुत हुनु समाजमा थप निराशा बढाउनु हो ।

उदाहरण खोज्न धेरै पर जानु पर्दैन । कोरोना महामारीको दोस्रो लहर देशभर फैलिइसक्दा पनि प्रधानमन्त्री केपी ओली मानिसको भीड जम्मा पारेर धरहरा उद्घाटनदेखि पार्टीको गुटका कार्यक्रममा व्यस्त थिए । उनी मठ–मन्दिरको निर्माण र जीर्णोद्धारमा ध्यान केन्द्रित गर्दै एकप्रकारको ‘रथयात्रा’ गराइरहेका थिए ।

ओली मात्र होइन, विपक्षी राजनीतिक दलका शीर्ष नेताहरू विभिन्न गुटगत भेला र आमसभालाई सम्बोधन गर्न व्यस्त थिए । २५ जनाभन्दा बढी भेला हुन नपाइने स्वास्थ्य मन्त्रालयको प्रोटोकललाई स्वयं प्रधानमन्त्री र विपक्षी दलका नेताहरूले उल्लंघन गरे । प्रधानमन्त्री ओली स्वयंले बालुवाटारमा र विपक्षी दलहरूले सडकमा गरेका ठूला–ठूला कार्यक्रम जनस्वास्थ्य माथि भद्दा मजाक नै थियो ।

हामीले त्यतिबेला पनि राजनीतिक दलहरूलाई भीडभाड नगर्न ध्यानाकर्षण गराएका थियौं । तर, उनीहरूको मूर्खतापूर्ण अभियान सकिन नपाउँदै हामीलाई ठूलो महामारीले छोप्यो । तिनै भीडभाड सहितका गतिविधि देशभर कोरोना संक्रमण फैलाउने सक्रिय माध्यम बनेका थिए ।

नेपालमा मात्र होइन, छिमेकी मुलुकमा पनि डरलाग्दो दोस्रो लहर भन्दा अगाडि दलहरूले यस्तै गल्ती गरेका थिए । त्यहाँ पनि धार्मिक भेलाहरूदेखि निर्वाचन र ठूला आमसभा भएका थिए । उही प्रकारको शासकीय स्वभाव र खुला सिमानाका कारण दुवै देशमा ठूलो जनधनको क्षति भयो ।

सरकार सँगसँगै विपक्षी दलहरूले पनि यो मामिलामा कुनै संयमता र राजनीतिक संस्कार देखाएनन् । स्वास्थ्य मापदण्ड उल्लंघनको भद्दा प्रदर्शनको पीडा भने सर्वसाधारणले भोग्नुपर्‍यो ।

यस पटक पनि अदालती फैसलाको मिति नजिकिने दिनसँगै दलहरूका आन्दोलनले गति लिनसक्ने सम्भावना बलियो छ । तर महामारी फैलाउने यस्ता कुनै गतिविधिको परिणाम कति भयावह हुन्छ भन्ने विगतका घटनाबाट पाठ सिक्न जरूरी छ । यो राजनीतिक दलहरूको जनताप्रतिको जवाफदेही पनि हो ।onlinekhabar बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved