Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, केही दिन अत्यावश्यक सवारीलाई मात्र अनुमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2026
203

काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्। करिब ८० महिनापछि सञ्चालनमा आएको यो आयोजना नेपालका लागि पूर्वाधार विकासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती केही दिन एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। यस अवधिमा सुरक्षा तथा सञ्चालन प्रणालीको परीक्षण गरिनेछ र परीक्षण सम्पन्न भएपछि सबै प्रकारका अनुमति प्राप्त सवारीसाधनका लागि मार्ग खुला गरिनेछ। परीक्षण अवधिभर कुनै पनि सवारीबाट शुल्क नलिइने व्यवस्था गरिएको छ।

नियमित सञ्चालनपछि भने सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ, मिनीबस, ट्रक र टिपरले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस र ठूला ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने सडक विभागले जनाएको छ। पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी तथा पेट्रोलियम पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

कुल २ हजार ६८८ मिटर लामो आयोजनाअन्तर्गत मुख्य सुरुङ र आपत्कालीन उद्धारका लागि छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ। चन्द्रागिरी नगरपालिका–१ दहचोक (टोटीपाखा) बाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिएको छ। सुरुङभित्र सिसिटिभी निगरानी, दमकल, आकस्मिक उद्धार प्रणाली, सञ्चार सुविधा, सुरक्षा संयन्त्र तथा पर्याप्त अक्सिजन प्रवाहसहित आधुनिक पूर्वाधार जडान गरिएको छ।

जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनामा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि सेवा प्रदायक छनोट भइसकेको छ भने विद्युतीय माध्यमबाट शुल्क भुक्तानी गर्ने व्यवस्था समेत मिलाइएको छ।

यस सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने ट्राफिक जाम घट्ने, इन्धन बचत हुने तथा काठमाडौं–धादिङ आवतजावतको यात्रा समय करिब एक घण्टासम्म छोटिने अपेक्षा गरिएको छ। ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कोभिड–१९ महामारी र प्राविधिक जटिलताका कारण ढिलो सम्पन्न भएको हो। यसको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved