Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशीमा नेतृत्व परिवर्तनको तयारी : तिलकुमार मेन्याङ्बो मुख्यमन्त्री बन्ने लगभग निश्चित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2026
7.1K shares

विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ। एमाले उच्च स्रोतका अनुसार हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। यसबारे केन्द्रीय नेतृत्वले आइतबार नै अन्तिम निर्णय गर्न सक्ने बताइएको छ।

सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको स्रोतको दाबी छ। सोही सहमतिअनुसार कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्य पनि तीव्र रूपमा अघि बढाइएको बताइएको छ।

हाल काठमाडौंमा रहेका मेन्याङ्बोले टेलिफोन संवादमा आफू मुख्यमन्त्री बन्ने सम्भावना अत्यन्त बलियो रहेको प्रतिक्रिया दिएका छन्। “लगभग मेरो सम्भावना बलियो देखिएको छ। केन्द्रीय नेतृत्व सकारात्मक रहेकाले म विश्वस्त छु,” उनले भने।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका छन्। पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच सम्बन्ध सहज नरहेको र त्यसको प्रभाव नेतृत्व परिवर्तनको निर्णयमा परेको दाबी एक प्रदेश सांसदले गरेका छन्। उनका अनुसार यसपटक नयाँ नेतृत्वलाई अवसर दिने पक्षमा केन्द्रीय नेतृत्व देखिएको छ।

ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो एमाले प्रदेश संसदीय दलका उपनेता हुन्। कार्की नेतृत्वको पहिलो प्रदेश सरकारमा उनले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनका क्रममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि निर्वाह गरेका थिए। उनी २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई राष्ट्रिय राजनीतिमा सक्रिय भएका नेता हुन्।

यता एमाले कोशी प्रदेशका प्रमुख सचेतक रमेश बस्नेतले भने मुख्यमन्त्री परिवर्तनबारे प्रदेश कमिटीमा औपचारिक छलफल नभएको बताएका छन्। उनका अनुसार प्रदेश तहबाट निर्णय हुँदा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सम्भावना रहन सक्छ, तर केन्द्रीय नेतृत्वले नयाँ निर्णय गरेमा नेतृत्व परिवर्तन हुने सम्भावना बलियो छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved