Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजुको मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै परिवारले सम्बन्धित निकायसँग अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2026
[webverse_shares]

काठमाडौं। दक्षिणकालीस्थित एक रिसोर्टमा सहकर्मीहरूसँग घुम्न गएका राजु तामाङको रहस्यमय मृत्यु भएपछि उनका परिवारजनले घटनाको निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। परिवारले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी, सरकारी निकाय तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका छन्।

परिवारका अनुसार राजु तामाङ वि.सं. २०८३ साल साउन ५ गते राति आफ्ना १२ जना सहकर्मीहरूसँग दक्षिणकाली एण्ड डोल्लु रिसोर्ट प्रालिमा मनोरञ्जनका लागि गएका थिए। उनीसँग गएका अन्य सबै व्यक्ति सकुशल फर्किए पनि राजु तामाङको मृत्यु भएको घटनाले परिवारलाई गम्भीर शंका र पीडामा पारेको जनाएको छ। घटनाको वास्तविक कारण सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ।

परिवारले घटनास्थलको स्विमिङ पुल आसपास रगत देखिएको भन्ने जानकारी प्राप्त भएको, साथै घटनाको रातको सीसीटीभी फुटेज उपलब्ध नभएको भन्ने कुरा पनि आफूहरूले सुनेको उल्लेख गरेको छ। यद्यपि यी विषयको सत्यता पुष्टि गर्न आफूहरू सक्षम नरहेको भन्दै सम्बन्धित निकायले वैज्ञानिक र निष्पक्ष अनुसन्धानमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी, घाइते अवस्थामा रहेका राजु तामाङलाई वयोधा अस्पतालबाट आवश्यक कागजातबिना शिक्षण अस्पताल पठाइएको भन्ने विषयमा पनि परिवारले स्पष्ट जानकारी माग गरेको छ। शिक्षण अस्पतालबाट आउने पोस्टमार्टम तथा अन्य चिकित्सकीय प्रतिवेदन निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित हुनुपर्ने उनीहरूको आग्रह छ।

परिवारले कसैलाई पूर्वाग्रही रूपमा दोषी नठहराएको स्पष्ट गर्दै सत्य तथ्य स्थापित होस्, कानुनी प्रक्रियाअनुसार दोषी भए कारबाही होस् र निर्दोष भए त्यसको पनि स्पष्ट पुष्टि होस् भन्ने आफ्नो एकमात्र चाहना रहेको जनाएको छ। साथै नेपाल प्रहरी, सम्बन्धित सरकारी निकाय, मानवअधिकारकर्मी, सञ्चारमाध्यम तथा आम नागरिकलाई घटनाको निष्पक्ष छानबिनका लागि सहयोग र आवश्यक दबाब सिर्जना गरिदिन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved