Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह, २४ घण्टामा ४७ विपद्का घटना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2026
2.9K shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, डुबान, कटान, चट्याङ तथा सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहेकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जनधनको क्षति न्यूनीकरणका लागि यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा वर्षायाममा अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरेको छ। विशेषगरी ठूलो वर्षा भएका बेला रातिको यात्रा नगर्न, बाढी आएका खोला, खोल्सा वा नदी तर्ने प्रयास नगर्न र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सचेत गराइएको छ।

प्राधिकरणले वर्षाको समयमा काठदाउरा संकलन, माछा मार्ने वा पौडी खेल्ने उद्देश्यले खोला तथा नदीमा नजान, जोखिमयुक्त पुल वा नदी किनारमा उभिएर फोटो तथा भिडियो नखिच्न र पैदलयात्रा तथा हाइकिङमा सकेसम्म एक्लै नजान आग्रह गरेको छ। विपद्को सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा सर्नुका साथै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

सूचनामा घर वरपरका ढल तथा नाली सफा राख्न, बर्खायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले वरपरको वातावरण सफा राख्न तथा राति बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्न सुझाव दिइएको छ। चट्याङको सम्भावना देखिएमा सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि र नबिग्रने खाद्य सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्न तथा मोबाइलमा पर्याप्त ब्याट्री र ब्यालेन्स सुनिश्चित गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले अफवाहमा विश्वास नगरी आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र अनुसरण गर्न, मौसम तथा विपद्सम्बन्धी सूचना नियमित रूपमा सुन्न र हेर्न आग्रह गरेको छ। विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। यस वर्षको मनसुन असार ५ गतेदेखि सुरु भएको र त्यसयता निरन्तर सतर्कता अपनाउन आग्रह गर्दै आएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु, आठ जना घाइते तथा करिब १३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। सो अवधिमा सर्पदंश र आगलागीका आठ–आठ, पहिरोका १४, अविरल वर्षाका आठ, बाढीका दुई, जनावर आक्रमणका तीन तथा हावाहुरीको एक घटना दर्ता भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved