Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

४४ओै वि.पि.स्मृति दिवशको अवसरमा बेलबारी काङ्ग्रेस द्वारा वृक्षारोपण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2026
66 shares

बेलबारी मोरङ ,हिमांशु राय ।  ४४ ओै वि.पि.स्मृति दिवशको अवसरमा मोरङको बेलबारी नगरपालिका वडा नम्वर-११,लक्ष्मीमार्ग स्थित रहेको सेल्फीरोडमा नेपाली काङ्ग्रेस बेलबारी नगर कार्यसमिति द्वारा वृक्षारोपण कार्यक्रम सु सम्पन्न गरेको छ। नेपाली काङ्ग्रेस बेलबारी नगर सभापति छत्र लिम्बुको अध्यक्षतामा उक्त वृक्षारोपण कार्यक्रम सु सम्पन्न भएको हो।

महामानव वि.पि.कोईरालाले देखाउनु भएको आर्दश निष्ठा त्याग र सैद्धान्तिक मूल्य मान्यताहरुले मात्र वर्तमान मुलुकलाई लोकतान्त्रिक बाटोमा डोर्याउने भएकोले मुलुकमा दिगो शान्ति वहालीको लागि जननायक वि.पि.कोईरालाले अघि सार्नु भएको विचारहरु सान्दर्भिक बन्दै गईरहेको कुरा स्मरण गराउदै राजनीतिक परिवर्तन हिंसा वा प्रतिशोधबाट होइन तर संवाद र सहमतिबाट हुनुपर्छ भन्ने वि.पि.का महत्त्वपूर्ण विचार सिङ्गो मुलुकका लागि प्रेरणादायी रहेको काङ्ग्रेस नगर सभापति छत्र लिम्बुले सुचना चौतारीलाई बताए।
वृक्षा रोपण कार्यक्रममा नेपाली काङ्ग्रेस सम्वद्ध भातृसंघ,शुभेच्छुक संस्था तथा बेलबारी नगर का ११ वटै वडाहरु बाट पार्टीका कार्यकर्ताहरुको ब्यापक उपस्थिति रहेको थियो।


कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका नेता महासमिति सदस्य कोशी प्रदेश का स्वास्थ्य मन्त्री माननीय मान बहादुर लिम्बू ,नेपाली काङ्ग्रेस पार्टीका नेता महासमिति सदस्य पुर्व राज्य मन्त्री दिलिप गच्छदार,नेपाली काङ्ग्रेस पार्टीका नेता महासमिति सदस्य महेन्द्र सुवेदी,नेपाली काङ्ग्रेस पार्टीका महाधिवेशन प्रतिनिधी राज कुमार लिम्बू नेपाली काङ्ग्रेस,मोरङ जिल्ला सदस्य महिला नेत्री रिता निरौला पार्टीका क्षेत्रिय सचिव राजेन्द्र अधिकारी, बेलबारी पुर्व नगर सभापति शम्भु भट्टराई,नेपाली काङ्ग्रेस पार्टी का जिल्ला,क्षेत्र,नगर र ११ वटै वडा कार्यसमिति का सभापति पदाधिकारी स्थानिय जनप्रतिनिधि नेता कार्यकर्ता क्रियाशिल सदस्यहरुको ब्यापक उपस्थित रहेको थियो। कार्यक्रममा अन्य विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधीहरुको समेत प्रतिनिधीत्व रहेको थियो।

राष्ट्रको सम्मानमा राष्ट्रिय गान गाएर कोशी प्रदेश का स्वास्थ्य मन्त्री माननिय मान बहादुर लिम्वु ,पुर्व राज्य मन्त्री दिलिप गच्छदार,महासमिति सदस्य महेन्द्र सुवेदी तिनै जनाको बाहुली बाट वृक्षारोपण कार्यलाई शुरु गरे पश्च्यात ओैपचारिक रुपले वृक्षारोपणको कार्यक्रम आरम्भ भएको थियो।

वृक्षा रोपण कार्यक्रममा स्थानिय श्री लक्ष्मी सामुदायिक वन उपभोक्ता समुहले आवाश्यक्ता अनुसार विभिन्न जातका विरुवाहरु संगै बिरुवा संरक्षणको लागि बासको चोया बाट बुनेको डोको जाली समेत उपलब्ध गराएको सामुदायिक वन समुहका अध्यक्ष सुजय गौतमले सुचना चौतारीलाई बताए।
निर्धारित समय विहान ७ बजे बाट शुरुभएको वृक्षारोपण कार्यक्रमलाई ओैपचारिक रुपमा नेपाली काङ्ग्रेस पार्टीका नगर सचिव शन्तोष भट्टराईले संञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved