Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्भीर ध्यानाकर्षण, के जनकपुरबाट धार्मिक द्वन्दकाे बिजाराेपण भएकाे हाे ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2026
53.1K shares

काठमाडौं । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर प्रवेशमा रोक लगाइएको घटनाप्रति श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यसमिति र कोशी प्रदेश समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्।

पार्टीले उक्त घटनाको कडा भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ। घटनापछि मन्दिर क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।

केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस नोटमा सांसद साम्पाङ जनकपुरमा राजनीतिक तथा संगठनात्मक कार्यक्रममा सहभागी हुने क्रममा जानकी मन्दिरमा दर्शन गर्न पुग्दा प्रवेशमा अवरोध गरिएको, साथै पार्टीका नेता–कार्यकर्तामाथि दुर्व्यवहार भएको उल्लेख गरिएको छ। यस्तै, कोशी प्रदेश समितिले केही व्यक्तिबाट गालीगलौज, अपमानजनक व्यवहार र हातपातसम्म भएको दाबी गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावविरुद्ध भएको जनाएको छ।

https://gnn025.com/news/1224/

पार्टीले नेपालको संविधानले प्रत्येक नागरिकलाई समानताको हक, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण आवतजावत तथा धार्मिक आस्थाअनुसार पूजा–आराधना गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै पनि व्यक्ति वा समूहले कानुन हातमा लिएर कसैलाई धार्मिक स्थलमा प्रवेशबाट रोक्नु वा विभेदपूर्ण व्यवहार गर्नु स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिए कडा कानुनी कारबाही गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

श्रम संस्कृति पार्टीले यो घटनालाई सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीहरूसँग जोडेर नहेर्न आग्रह गर्दै वास्तविक सनातन धर्मको आधार सहिष्णुता, करुणा, सद्भाव र सबैप्रतिको सम्मान रहेको उल्लेख गरेको छ। माता जानकी सम्पूर्ण मानवताका लागि श्रद्धा, प्रेम र सम्मानको प्रतीक भएको भन्दै धार्मिक आस्थालाई द्वन्द्व र विभाजनको माध्यम बनाउने कुनै पनि गतिविधि अस्वीकार्य हुने पार्टीको धारणा छ।

यस घटनाले नेपालमा धार्मिक सहिष्णुता, नागरिक स्वतन्त्रता र सामाजिक सद्भावका विषयमा गम्भीर बहस सुरु गराएको छ। एउटा निर्वाचित सांसदलाई धार्मिक स्थलमा प्रवेश गर्नबाट रोकिएको घटनापछि “के नेपालमा धार्मिक द्वन्द्वको बिजारोपण हुन थालेको हो?” भन्ने प्रश्न समाजका विभिन्न तहमा उठ्न थालेको देखिएको छ।

पार्टीले विशेष रूपमा घटनामा संलग्न रहेको भनिएका व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन, धार्मिक स्थलहरूमा सबै नागरिकको सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। साथै संयम, शान्ति र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई अपिल गरिएको छ।

श्रम संस्कृति पार्टीले आफू सधैं शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक राजनीतिक अभ्यासप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै सत्य, न्याय, कानुनी शासन, धार्मिक सहिष्णुता र सामाजिक एकताको पक्षमा आफ्नो अडान अटल रहने जनाएको छ। पीडितलाई न्याय दिलाउन र यस्ता घटनाले भविष्यमा धार्मिक तथा सामाजिक द्वन्द्वको रूप नलियोस् भन्ने उद्देश्यले राज्यका सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved