Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

६० दिन लकडाउनमा ७ जनाविरुद्ध १ अर्ब ३८ लाख रुपैयाँको भष्ट्रचार मुद्दा दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2021
129 shares

काठमाडौं– कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी भएको झन्डै ६० दिन पुगेको छ। संक्रमण घटेको भन्दै अहिले विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ।

निषेधाज्ञाकै बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध झन्डै १ अर्ब ३८ लाख रुपैयाँ बिगो दाबी गर्दै भष्ट्रचार मुद्दा दायर गरेको छ।

यो बीचमा अख्तियारले सबैभन्दा ठूलो रकम भष्ट्रचार गरेको भन्दै कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारी चूडामणि शर्मा ढकाल (तत्कालीन महानिर्देशक आन्तरिक राजस्व विभाग) समेत ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कर फर्छ्यौट आयोग, २०७१ का अध्यक्ष अध्यक्ष लुँम्बध्वज महत तथा सदस्य चूडामणि शर्मा ढकाल र उमेशप्रसाद ढकालले १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ राजस्व चुहावट गरी भष्ट्रचार गरेको आरोपमा अख्तियारले असार ९ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

महत, शर्मा र ढकालले कर फर्छ्यौट आयोग ऐन २०३३ ले दिएको अधिकार क्षेत्र बाहिर गई बद्‍नियतपूर्वक करदातासँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको रावस्व रकम चुहावट गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

अख्तियारले उनीहरुविरुद्ध १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बिगो तथा जरिवाना असुली र ८ देखि १० वर्षसम्म कैद सजायको समेत मागदाबी गरेको छ।

अख्तियारले आइतबार (असार १३ गते) मात्रै इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।

यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग रिसवत लिएका अख्तियारले जानकारी दिएको छ। पूर्व सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

यस्तै, असार १० गते आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध १ लाख ५० हजार रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले जानकारी दिएको छ। ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस रकम लिएको अख्तियारको दाबी छ।

पूर्व सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १ लाख ५० हजार रूपैयाँ घुसररिसवत रकम लिएको अवस्थामा ढकाललाई नियन्त्रणमा लिएको थियो।

अख्तियारले असार ६ गते धादिङको निलकण्ठ सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललार्इ ४० हजार रूपैयाँ घुस रकमसहित नियन्त्रण लिएको थियो। अहिले उनीमाथि अनुसन्धान भइरहेको र मुद्धा दर्ता भने भइनसकेको अख्तियारले जानकारी दिएको छ।

अख्तियारले बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन गाबिस सचिव बिजयकान्त झाविरूद्ध २ लाख ८२ हजार ७ सय ३५ रूपैयाँ भष्ट्रचार गरेको भन्दै जेठ ३० गते काठमाडौं विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved