Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांसदलाई रा.प. तृतीय श्रेणीको स्वकीय सचिव राख्न बाटो खुल्यो, राजपत्रमा प्रकाशित भयो निर्णय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2026
261

काठमाडौं । संघीय संसदका सदस्यहरूले अब रा.प. तृतीय श्रेणीसरहको स्वकीय सचिव राख्न पाउने भएका छन्। सरकारले गरेको उक्त व्यवस्था नेपाल राजपत्रमा प्रकाशित भएसँगै सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने कानुनी आधार सुनिश्चित भएको हो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले रा.प. तृतीय श्रेणीको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ। यससँगै सांसदहरूको सचिवालय सञ्चालनमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

राजपत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि थप सुविधा पनि व्यवस्था गरिएको छ। उनीहरूले रा.प. प्रथम श्रेणी (विशिष्ट) सरहको एक जना प्रमुख स्वकीय सचिव राख्न पाउनेछन् भने रा.प. द्वितीय र तृतीय श्रेणीका एक–एक जना स्वकीय सचिवसमेत नियुक्त गर्न सक्नेछन्।

त्यसैगरी विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिले रा.प. द्वितीय श्रेणीसरहको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरिएको छ।

राजपत्रअनुसार स्वकीय सचिवालयमा नियुक्त कर्मचारीहरूले सम्बन्धित पदको सुरु स्केलअनुसार मात्र तलब–भत्ता पाउनेछन्। उनीहरूले ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक तथा सुविधा सम्बन्धित कर्मचारीको बैंक खातामार्फत उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved