Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2026
0 shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। आइतबार गौरमा आयोजित पत्रकार सम्मेलनमा एसपी सीताराम रिजालले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको, ४४८ फरार प्रतिवादी पक्राउ गरिएको तथा उनीहरूबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना असुल गरिएको जानकारी दिए।

एसपी रिजालका अनुसार एक वर्षमा एक हजार १५२ वटा मुद्दा दर्ता भएकामध्ये ६८० वटा फर्छ्योट भएका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन्। यस अवधिमा चार हजार ८५० ठाडो उजुरी परेकामध्ये चार हजार ३८० फर्छ्योट भएका छन्। विभिन्न प्रकृतिका मुद्दामा ६९४ जना पक्राउ परेका छन् भने लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ। अभियानका क्रममा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, चार हजार २६५ नशालु एम्पुल र १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध हातहतियार नियन्त्रण अभियानमा छ थान हतियार, १९ राउन्ड गोली बरामद गरी तीन जनालाई पक्राउ गरेको छ। खोटा मुद्रासम्बन्धी तीन वटा मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको छ भने एक लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ। यस्तै स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित चार जना पक्राउ परेका छन्। ट्राफिक व्यवस्थापनतर्फ एक वर्षमा एक हजार ८८ वटा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु तथा एक हजार ६९६ जना घाइते भएका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ सवारी साधनमाथि कारबाही गरी एक करोड एक लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १८ जनालाई पक्राउ गरी १५५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। यस क्रममा पाँच करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी रहेको एसपी रिजालले बताए। साथै अवैध काठ नियन्त्रण अभियानमा २२२ क्युबिक फिट सालको काठ बरामद गरी दुई जनालाई पक्राउ गरिएको तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणबाट दुई लाख ५७ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। घरेलु मदिरा नियन्त्रण अभियानमा पाँच अवैध भट्टी, एक हजार ५४५ लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि एक हजार ५४ वटा कार्यक्रम सञ्चालन गरिएको तथा एक लाख ३३ हजार ७६४ सेवाग्राहीले विभिन्न प्रहरी सेवा प्राप्त गरेको कार्यालयले जनाएको छ। पत्रकार सम्मेलनमा एसपी रिजालले सीमित जनशक्तिका बाबजुद अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, राजस्व छली नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय सफलता हासिल भएको उल्लेख गर्दै स्थानीयवासी, सञ्चारकर्मी र सरोकारवाला निकायको सहयोगका कारण यी उपलब्धि सम्भव भएको बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved