Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनसुनजन्य विपद् : आवश्यक परे निजी क्षेत्रबाट हेलि, ड्रोन र र्याफ्टिङ परिचालन गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2026
29

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि आवश्यक परे निजी क्षेत्रबाट हेलिकप्टर, ड्रोन र र्याफ्टिङ सेवा परिचालन गर्ने तयारी गरेको छ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गर्दै २१ जिल्लामा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ। त्यसलाई मध्यनजर गर्दै प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतका लागि पूर्वतयारीलाई थप सुदृढ बनाएको हो।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार विपद्को अवस्थामा तत्काल खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर काठमाडौँ, इटहरी, भैरहवा र सुर्खेतमा तयारी अवस्थामा राखिएका छन्। आवश्यकता अनुसार निजी क्षेत्रसँग भएको पूर्वसम्झौताअनुसार हेलिकप्टर, ड्रोन र र्याफ्टिङ सेवा पनि परिचालन गरिने उनले बताए।

गत साता प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ तथा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)सँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। उक्त समझदारीअनुसार काठमाडौँ उपत्यकाभित्र आवश्यक पर्ने हेलिकप्टर सेवा निःशुल्क उपलब्ध गराइनेछ भने उपत्यकाबाहिर न्यूनतम सञ्चालन खर्चमा सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।

त्यस्तै, नेपाल ड्रोन सङ्घले विपद्का बेला पाइलटसहित ड्रोन र आवश्यक उपकरण निःशुल्क उपलब्ध गराउने सहमति जनाएको छ। यस्ता टोलीको यात्रा तथा बसोबासको व्यवस्थापन भने प्राधिकरणले गर्नेछ। यस्तै, नारासँग भएको समझदारीअनुसार बाढी, डुबान तथा नदीजन्य विपद्मा खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि आवश्यक र्याफ्ट र जनशक्ति निःशुल्क उपलब्ध गराइनेछ।

प्राधिकरणका अनुसार यी सबै समझदारी एक वर्षका लागि लागू रहनेछन् र आपसी सहमतिमा आवश्यकता अनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यस व्यवस्थाले मनसुनजन्य विपद्का बेला उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास प्राधिकरणले लिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved