Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अलपत्र सडक निर्माण अघि बढाउन चाँगुनारायण नगर प्रमुख खत्रीको दबाब, विकास आयुक्तद्वारा एक साताभित्र स्थलगत निरीक्षण गर्ने प्रतिबद्धता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2026
0 shares

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ को सद्भाव चोकदेखि पाइपलाइन सडक तथा वडा नं. ५ को ब्यारेकदेखि वडा कार्यालय जोड्ने सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि नगर प्रमुख जीवन खत्रीले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग निर्माण कार्य तत्काल अघि बढाउन पहल गर्नुभएको छ।

नगर प्रमुख खत्री स्थानीय जनप्रतिनिधिसहित काठमाडौं उपत्यका विकास प्राधिकरण पुगेका थिए। डेलिगेसनमा वडा नं. ७ का वडा सदस्य श्यामकाजी नयाँजु तथा वडा नं. ५ का वडा सदस्य सुरेश कार्की र प्रभुराम थापाको सहभागिता रहेको थियो। भेटका क्रममा खत्रीले निर्माण कार्य तत्काल सुरु गर्न आग्रह गर्दै, सडक निर्माण सम्भव नभए त्यसको स्पष्ट कारण जनतालाई जानकारी गराउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

उहाँले काम सुरु गरेर वर्षौंसम्म अधुरै छाड्ने प्रवृत्तिका कारण स्थानीय सरकार अनाहकमा आलोचनाको केन्द्र बन्नुपरेको बताउँदै वास्तविक जिम्मेवार निकायले आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राख्नुभयो। वर्षायाममा सडकमा पानी जमेर हिलाम्मे हुँदा विद्यार्थी, ज्येष्ठ नागरिक, पैदलयात्रु तथा सवारी चालकले दैनिक सास्ती भोग्नुपरेको भन्दै नगरपालिकाले स्थानीयको समस्याप्रति गम्भीर चासो दिएको उहाँले उल्लेख गर्नुभयो।

नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले आफ्नै स्रोतबाट कमलविनायक–नगरकोट सडकखण्डको करिब १७ किलोमिटर सडक निर्माण सम्पन्न गरिसकेको उल्लेख गर्दै नगरपालिकामा क्षमता र इच्छाशक्तिको अभाव नरहेको स्पष्ट पार्नुभयो। यी सडकहरू काठमाडौं उपत्यका विकास प्राधिकरणको ढिलासुस्तीका कारण अलपत्र परेको उहाँको भनाइ छ।

उहाँले सम्बन्धित निकायले इच्छाशक्ति देखाए बढीमा दुई महिनाभित्र निर्माण सम्पन्न गर्न सकिने बताउँदै प्राविधिक, प्रशासनिक वा कानुनी समस्या समाधानका लागि नगरपालिका आवश्यक समन्वय गर्न तयार रहेको जानकारी दिनुभयो। अब कुनै ठोस कारणबिना निर्माण कार्य थप लम्ब्याउने अवस्था स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयो।

यसैबीच, काठमाडौं उपत्यका विकास प्राधिकरणका नवनियुक्त विकास आयुक्त सुरज शाक्यसँग भएको छलफल सकारात्मक रहेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार विकास आयुक्त शाक्यले एक साताभित्र सम्बन्धित सडक क्षेत्रको स्थलगत निरीक्षण गर्ने, स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने तथा कानुनी र ठेक्का व्यवस्थापनसम्बन्धी विषय अध्ययन गरी निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उक्त सडक निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा १८ करोड रुपैयाँ गरी कुल ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बजेट र ठेक्का प्रक्रिया पूरा भइसके पनि निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा सडक अझै अलपत्र अवस्थामा रहेको छ। नगर प्रमुख खत्रीले स्थानीय नागरिकको वर्षौंदेखिको सास्ती अन्त्य गर्न निर्माण कार्य तत्काल सुरु गर्न पुनः आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved