Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाँच वर्षदेखि अस्थायी शिविरमै पहिरोपीडित, स्थायी पुनःस्थापनाको पर्खाइ अझै सकिएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2026
0 shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ पहिरोपीडित परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै बस्न बाध्य भएका छन्। विसं २०७८ असार २४ गते आएको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि सुरक्षित स्थानमा सारिएका उनीहरूको स्थायी पुनःस्थापनाको प्रक्रिया भने अझै टुङ्गोमा पुग्न सकेको छैन।

पहिरो लगत्तै विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापितहरू हाल हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन्। ब्लक र टिनले बनेका साँघुरा कोठा, सीमित खुला ठाउँ तथा खानेपानी, सरसफाइलगायत आधारभूत पूर्वाधारको अभावका बीच उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ। वर्षायाम सुरु भएसँगै पानी चुहिने, सर्पको जोखिम र असुरक्षाको त्रासले उनीहरू झनै चिन्तित छन्।

स्थायी घरको प्रतीक्षामा बितेका पाँच वर्षले विस्थापित परिवारमा निराशा बढाएको छ। पहिरोअघि अधिकांश परिवारसँग प्रतिघर एकदेखि तीन बिघासम्म खेतीयोग्य जमिन, घर तथा पशुपालनको आधार थियो। तर पहिरोले घरमात्र होइन, उनीहरूको जीविकोपार्जनको मुख्य स्रोतसमेत बगाइदियो। अहिले अधिकांश परिवार दैनिक ज्याला–मजदुरीकै भरमा जीवन धान्न बाध्य छन्।

स्थानीय तिलबहादुर सोमै मगरले केही समयका लागि भनेर बनाइएको अस्थायी शिविरमै पाँच वर्ष बितिसक्दा पनि स्थायी पुनःस्थापनाको कुनै टुङ्गो नलागेको गुनासो गरे। “हरेक वर्ष वर्षा सुरु भएपछि फेरि त्यही त्रास दोहोरिन्छ। बालबालिका, ज्येष्ठ नागरिक र महिलालाई सुरक्षित राख्न निकै कठिन हुन्छ। हामीलाई सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गरिदिए पुग्थ्यो,” उनले भने।

दिलमाया सोमै मगरले पहिरोले गाउँ नै भासिएको घटना अझै पनि मानसपटलबाट नमेटिएको बताइन्। “पहिरोपछि यही शिविरमा आएर सुत्केरी भएँ। मेरो बच्चा यहीँ हुर्किएर अहिले पाँच वर्षको भइसक्यो, तर हाम्रो स्थायी घर बन्ने कुरा अझै अन्योलमै छ। कहिलेसम्म अस्थायी जीवन बिताउने भन्ने चिन्ताले सताइरहेको छ,” उनले भनिन्।

खेमबहादुर सोमै मगरले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा विस्थापितले लामो समयदेखि सास्ती खेप्नुपरेको बताए। “सरकारले प्रक्रिया अघि बढेको भन्छ, तर हाम्रो जीवन भने अझै अस्थायी टहरामै सीमित छ,” उनले दुखेसो पोखे।

यता हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थायी पुनःस्थापनाका लागि गाउँपालिकाले आवश्यक सम्पूर्ण प्रक्रिया वर्षौँअघि नै पूरा गरिसकेको बताइन्। तर गृह मन्त्रालयबाट आवश्यक निर्णय नआउँदा पुनःस्थापनाको काम अघि बढ्न नसकेको उनको भनाइ छ।

“पहिरोपीडितका लागि स्थायी आवास निर्माण गर्न गाउँपालिका पूर्ण रूपमा तयार छ। आवश्यक निर्णय गृह मन्त्रालयबाट प्राप्त हुनेबित्तिकै निर्माण प्रक्रिया सुरु गरिनेछ,” अध्यक्ष पाण्डेले भनिन्।

उनका अनुसार हुप्सेकोट गाउँपालिका–५ र ६ का अधिकांश पहाडी बस्ती अझै पनि पहिरो र भूक्षयको उच्च जोखिममा छन्। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै स्थानीयवासी त्रासपूर्ण अवस्थामा बस्न बाध्य हुने भएकाले जोखिमयुक्त बस्तीको समयमै पुनःस्थापनाका लागि संघीय सरकारले शीघ्र निर्णय लिनुपर्ने आवश्यकता रहेको उनले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved