काठमाडौं । प्रतिनिधि सभाको मिति २०८३ असार ३१ गते (बुधबार) बस्ने तय भएको बैठकको समय परिवर्तन गरिएको छ। यसअघि बिहान ११:०० बजेका लागि निर्धारण गरिएको बैठक अब दिउँसो १:०० बजे बस्ने भएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार विशेष कारणवश सम्माननीय सभामुखको निर्देशनमा बैठकको समय परिवर्तन गरिएको जनाइएको छ।
सचिवालयले बैठकको समय परिवर्तनबारे प्रतिनिधि सभाका सबै माननीय सदस्यहरूलाई जानकारी गराउँदै संशोधित समयअनुसार उपस्थित हुन अनुरोध गरेको छ।
यद्यपि बैठकको समय परिवर्तन गरिनुको विशेष कारण भने सूचनामा खुलाइएको छैन। अब प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १:०० बजे बस्नेछ।
