Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आजदेखि देशभर पुनः १४.२ केजीको भरी ग्यास सिलिण्डर बिक्री वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2026
3 shares

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि देशभर पुनः १४.२ केजी क्षमताको एलपी ग्यास (एलपीजी) सिलिण्डर बिक्री–वितरण सुरु गरेको जनाएको छ। निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतबाट हुने ग्यास आपूर्तिमा सुधार आएपछि साविककै परिमाणको ग्यास सिलिण्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख गरेको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्था सहज बन्दै गएको छ। साथै, उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागलाई ध्यानमा राख्दै मुलुकभर पूर्ण क्षमताको सिलिण्डर भर्ने व्यवस्था पुनः लागू गरिएको हो।

निगमले १४.२ केजी क्षमताको एलपी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य दुई हजार ६० रुपैयाँ कायम रहेको जनाएको छ। यसअघि आपूर्तिमा देखिएको असहजता र ग्यास अभावका कारण अस्थायी रूपमा ७.१ केजी ग्यास सिलिण्डर भर्ने व्यवस्था गरिएको थियो।

अब आपूर्ति प्रणाली सामान्य बन्दै गएसँगै उपभोक्ताले पुनः १४.२ केजीको भरी सिलिण्डर सहज रूपमा प्राप्त गर्ने निगमले विश्वास व्यक्त गरेको छ। साथै, ग्यासको बिक्री–वितरण नियमित र सहज बनाउन सम्बन्धित ग्यास उद्योग तथा वितरकसँग आवश्यक समन्वय गरिएको पनि निगमले जनाएको छ।

083.03.30_page-0001_Zosvl6rXro

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved