Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरीमा विद्युत प्राधिकरणको भ्यान दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु, एक घाइते

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2026
58

इटहरी (सुनसरी)। सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा गएराति नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र धरानको भ्यान दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक धरान उपमहानगरपालिका–१३ निवासी बिर्खबहादुर राई (३२) र धरान–१६ निवासी सुमन आचार्य (४९) लाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरान लगिएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

दुर्घटनामा भ्यानमा सवार धरान–२० निवासी पवन राई (३२) घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्थाबारे नियमित अनुगमन भइरहेको बताइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा भ्यान अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ। दुर्घटनाको यथार्थ कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। घटनापछि नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र धरानका कर्मचारी तथा स्थानीय समुदायमा शोकको वातावरण छाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved