Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सूर्यविनायक–धुलिखेल सडक विस्तारमा उल्लेख्य प्रगति, साँगा–धुलिखेल खण्ड ७३ प्रतिशत सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2026
0

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ। कुल १५.८ किलोमिटर लामो आयोजनाअन्तर्गत दोस्रो खण्ड (साँगा–धुलिखेल) को भौतिक प्रगति ७३ प्रतिशत र पहिलो खण्ड (सूर्यविनायक–साँगा) को ५९ प्रतिशत पुगेको आयोजना प्रमुख विजय महतोले जानकारी दिए। प्रतिकूल मौसम, निर्माण सामग्रीको अभाव तथा स्थानीय अवरोधका बाबजुद कामलाई निरन्तर अघि बढाइएको उनले बताए। सरकारले यस आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेकाले वर्षायाममा समेत निर्माण कार्य नरोकिएको र सम्पन्न कामको भुक्तानी समयमै गरिएको उनको भनाइ छ।

आयोजनाको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा साँगामा निर्माण गरिएको अन्डरपासलाई लिइएको छ। नेपालकै दोस्रो अन्डरपास भए पनि नेपाली इन्जिनियरको डिजाइन, नेपाली निर्माण कम्पनी र सडक विभागकै प्रत्यक्ष सुपरिवेक्षणमा निर्माण भएकाले यो स्वदेशी प्रविधि र जनशक्तिबाट बनेको पहिलो अन्डरपास बनेको आयोजनाको दाबी छ। कुल १ हजार ११० मिटर लम्बाइ, ६ मिटर उचाइ र १०.५ मिटर चौडाइ रहेको अन्डरपासमा पहिलो तहको कालोपत्र सम्पन्न भएपछि सवारी सञ्चालनसमेत सुरु भइसकेको छ। मुख्य संरचना तथा पहुँच सडकको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ भने वर्षा सकिएलगत्तै भित्तो काट्ने, पहिरो नियन्त्रण र जैविक इन्जिनियरिङका बाँकी काम अघि बढाइने जनाइएको छ।

आयोजनाअन्तर्गत हालसम्म साँगादेखि धुलिखेलसम्म झण्डै ५.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। त्यसमध्ये ३.२ किलोमिटर क्षेत्रमा ६ लेन र २.८ किलोमिटर क्षेत्रमा दुई लेन कालोपत्र गरिएको छ। यस्तै, सूर्यविनायक–जगाती खण्डको १.५ किलोमिटर सडक तथा साँगा अन्डरपास आसपासको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र सम्पन्न भएको छ। वर्षायाममा गरिएको कालोपत्र टिकाउ नहुने भएकाले हाल थप पिच गर्ने काम स्थगित गरिएको र वर्षा सकिएपछि पुनः सुरु गरिने आयोजनाले जनाएको छ। यसबीच कालोपत्रबाहेकका अन्य संरचनागत काम भने निरन्तर भइरहेको छ।

जगाती, महादेव खोला र बनेपाको पुण्यमाता खोलामा निर्माणाधीन तीन पुलको समग्र भौतिक प्रगति भने करिब १० प्रतिशत मात्रै पुगेको छ। विशेषगरी पुण्यमाता खोलाको पुल स्थानीय विवादका कारण झण्डै साढे दुई वर्ष रोकिएको थियो। स्थानीयको मागअनुसार डिजाइन परिमार्जन गरी अन्डरपास थपेपछि निर्माण कार्य पुनः सुरु भएको भए पनि गत वैशाखको बाढीले जग निर्माणमा क्षति पुर्‍याउँदा काम थप प्रभावित भएको आयोजना प्रमुख महतोले बताए। पुल निर्माणको हालको म्याद आगामी कात्तिक मसान्तसम्म भए पनि निर्धारित समयमा सम्पन्न हुन कठिन देखिएकाले म्याद थप गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ।

आयोजनामा ढिलाइ हुनुका कारणमा प्रारम्भिक चरणमा विद्युत्का पोल स्थानान्तरण, घरटहरा हटाउने, जग्गा प्राप्ति तथा बजेट अभाव प्रमुख रहे पनि पछिल्लो समय मध्यपूर्वमा उत्पन्न द्वन्द्वका कारण बिटुमिन अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले पनि निर्माण प्रभावित भएको आयोजनाको भनाइ छ। महतोका अनुसार यही कारण करिब दुई महिना काम प्रभावित हुँदा असार मसान्तभित्र पहिलो तहको कालोपत्र सम्पन्न गर्ने लक्ष्य पूरा हुन सकेन। पहिलो खण्डको निर्माण २०८३ फागुन २९ गतेसम्म र दोस्रो खण्डको आगामी मंसिर २३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आगामी आर्थिक वर्षका लागि करिब ९५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved