Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आदिकवि भानुभक्तको योगदान राष्ट्रिय एकताको आधार : सभामुख अर्याल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2026
3 shares

काठमाडौं । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुनुभएको छ।

नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकताको सुदृढीकरणका लागि ऐतिहासिक रहेको बताउनुभयो।

सभामुख अर्यालले संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्त आचार्यले नेपाली भाषालाई जनजनसम्म पुर्‍याउने ऐतिहासिक कार्य गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषालाई साझा पहिचानका रूपमा स्थापित गर्दै विभिन्न जाति, भाषा र समुदायबीच एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीराम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यको पहिलो महाकवि मानिन्छ। उहाँले नेपाली भाषामा रामायणको सरल र सहज अनुवाद गरी आम नागरिकलाई धार्मिक तथा नैतिक ज्ञान सहज रूपमा उपलब्ध गराउनुभएको थियो। घाँसीबाट प्रेरित भई समाजका लागि केही योगदान गर्नुपर्छ भन्ने भावनासहित उहाँले सिर्जना गरेका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन्।

भानुभक्तको साहित्यले नेपाली समाजमा भाषा, संस्कृति, नैतिकता र सामाजिक चेतनाको विकासमा गहिरो प्रभाव पारेको छ। उहाँका रचनाले नेपाली भाषाको विकाससँगै राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको साहित्यकारहरूको भनाइ छ। प्रत्येक वर्ष असार २९ गते नेपाल तथा विदेशमा रहेका नेपाली समुदायले भानु जयन्ती मनाउँदै उहाँको योगदानको स्मरण गर्ने परम्परा रहेको छ।

भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका साहित्यकार, बुद्धिजीवी, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँका आदर्श, साहित्यिक योगदान र नेपाली समाजलाई एकताबद्ध बनाउन खेलेको भूमिकाको स्मरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved