Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मधेस प्रदेश सभा बैठक आज  दिउँसो १ बजे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2026
29

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक आज  दिउँसो १ बजेका लागि बोलाएको छ। आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै बैठक बोलाइएको हो।

शनिबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बैठक आह्वान गर्ने निर्णय गरेको थियो। बैठकअघि बिहान ११ बजे विपक्षी दलसँग देखिएको विवाद समाधानका लागि सर्वदलीय बैठक पनि बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुरेन्द्र महतोले बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सभामुखले बजेट समयमै पारित हुन नसके प्रदेश आर्थिक संकटमा फस्न सक्ने अवस्था रहेको भन्दै बैठक बोलाउने प्रस्ताव राखेपछि त्यसमा सहमति जुटेको बताए। बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन्। त्यसकै कारण असार १४ गतेयता प्रदेश सभाको बैठक बस्न सकेको छैन।

मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाको गठबन्धन सरकार छ। विपक्षी दलले सरकारले उपभोक्ता समितिमार्फत बजेट नियन्त्रण गर्ने नाममा कमिसनमुखी, भद्रगोल तथा सत्ता पक्षका मन्त्री र सांसदको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएको आरोप लगाएका छन्।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (नेपाल) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज यादव ले बजेट अवरुद्ध पार्ने रहर नभएको स्पष्ट पार्दै जनताको विकासभन्दा पनि अर्बौं रुपैयाँको ‘सेटिङ’ का आधारमा कार्यक्रम समेटिएको, कमिसनमुखी योजना समावेश गरिएको तथा मन्त्री र सत्तारुढ सांसदको निर्वाचन क्षेत्रलाई प्राथमिकता दिइएकाले विरोध गर्नुपरेको प्रतिक्रिया दिए। आजको सर्वदलीय बैठकबाट सहमति जुटे प्रदेश सभाले बजेटमाथि छलफल अघि बढाउँदै पारित गर्ने प्रयास गर्नेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved