Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एक चिनियाले ८५ बर्षसम्मा लुकाएको खप्परले खोलेको रहस्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2021
667

सन् १९३३ मा उत्तरपूर्वी चीनको हेलियोङजियाङ प्रान्तमा जापानी उपनिवेश थियो। त्यहाँको हार्बिन सहरमा पर्ने सोङ्घुवा नदीमा पुल बनाउन चिनियाँ कामदार खटाइएको थियो।

पुल बनाउने काममा खटेका एक चिनियाँले जमिनमा मान्छेको खप्पर भेटाए। उनलाई लाग्यो-यो खप्परमा केही महत्वपूर्ण कुरा लुकेको छ।

त्यसलाई उनले घर ल्याए। र्‍याप गरेर नजिकैको इनारमा गाडिदिए। त्यसबारे उनले वर्षौंसम्म कसैलाई केही भनेनन्।

सन् २०१८ मा जब ती कामदार जीवनको अन्तिम मोडमा पुगे। प्राण छोड्नुअघि उनले आफ्ना सन्तानहरूलाई आफूले खप्पर लुकाएको ठाउँबारे बताए।

उनका सन्तानहरूले खनेर हेर्दा खप्पर भेट्टाए र अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिए।

उक्त खप्परको अध्ययन गरेका बेलायती र चिनियाँ वैज्ञानिकहरूले अहिले त्यो खप्पर मानिसको सबैभन्दा नजिकको प्रजातिको हुनसक्ने बताएका छन्।

गत शुक्रबार ‘द इनोभेसन’ म्यागजिनमा प्रकाशित अनुसन्धान लेखका अनुसार त्यो खप्पर ९ इन्च लामो र छ इन्च चौडा छ। अर्थात् अहिलेका मानिसको खप्परमा जत्रो मस्तिष्क अटाउँछ त्यो ठाउँ उक्त खप्परमा पनि छ।

वैज्ञानिकहरूले उक्त खप्पर १ लाख ४६ हजार वर्षअघिको हुनसक्ने बताएका छन्। त्यो खप्पर ५० वर्षीय पुरुषको हुनसक्ने पनि उनीहरूको अनुमान छ।

‘अहिलेसम्म नियन्डर्थललाई मानिसको सबैभन्दा नजिकको प्रजाति मानिन्छ,’ उक्त खप्परको अध्ययन गरेका चाइनिज एकेडेमी अफ साइसेन्सका प्राध्यापक सिजुन नीले भनेका छन्,‘तर हामीले गरेको अनुसन्धानले होमो लङी हाम्रो सबैभन्दा नजिकको प्रजाति हो भन्ने देखाउँछ।’

वैज्ञानिकहरूले हार्बिनमा भेटिएको उक्त खप्परको नाम होमो लङी राखेका छन्। चिनियाँ भाषामा लङी भनेको ड्रागन हुने भएकाले त्यसलाई ड्रागन म्यान पनि भनिएको छ।

अहिले वैज्ञानिकहरूले गरेको दाबी नै सबैलाई मान्य भए मानवका पुर्खाहरू को हुन् र कहाँबाट आएका हुन् भन्ने ‘न्यारेटिभ’ नै फरक पर्नेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved