Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वास्थ्य अवस्था अस्थिर भएपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2026
0 shares

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय जलनका बिरामी गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरेको छ। चिकित्सकहरूको सुझावका आधारमा वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर रहेकाले अहिले स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने निष्कर्ष निकालिएको हो। स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान चिकित्सकहरूले सुझाव दिएका छन्।

यसअघि सरकारले चिकित्सकहरूको प्रारम्भिक सिफारिस अनुसार गणेश नेपालीलाई भारत लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। गृहमन्त्री सुदन गुरुङ आफैँको सक्रियतामा विमानस्थलसम्म सुरक्षित ढुवानीका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरिएको थियो भने एयर एम्बुलेन्सको व्यवस्था समेत मिलाइएको थियो। साथै, सरकारले उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने र भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्मको सबै व्यवस्थापन पनि सुनिश्चित गरेको थियो।

तर उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि स्थानान्तरणको योजना तत्कालका लागि स्थगित गरिएको हो। गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू चिकित्सकहरूसँग निरन्तर समन्वय गर्दै वीर अस्पतालमै तयारी अवस्थामा रहेका छन्।

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली उपचारमा खटिएको छ। टोलीले रक्तचाप नियन्त्रणमा राख्ने तथा स्वास्थ्य अवस्था स्थिर बनाउने उद्देश्यले निरन्तर सघन उपचार र आवश्यक औषधि दिइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved