Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ह्वीललकको विवादपछि आत्मदाह प्रयास, उपचाररत गणेश नेपालीको अवस्था चिन्ताजनक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2026
29

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरीसँग ‘ह्वीललक’ (Wheel Lock) को विषयमा विवाद भएपछि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि यात्रु ओरालेपछि गणेशले मोटरसाइकल ‘नो पार्किङ’ क्षेत्रमा रोकेका थिए। त्यसपछि महानगर प्रहरीले मोटरसाइकलमा ह्वीललक लगाएपछि उनी र प्रहरीबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विवाद चर्किंदै जाँदा महानगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि गणेशले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रहरीको भनाइ छ। घटनास्थलमा खटिएका नेपाल प्रहरीले तत्काल आगो निभाएर उनलाई उद्धार गर्दै वीर अस्पताल पुर्‍याएका थिए।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरका विभिन्न भागमा गम्भीर जलन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी बोल्न सक्ने अवस्थामा रहे पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा ह्वीललकको विषयमा भएको विवादपछि घटना भएको देखिए पनि आत्मदाह प्रयासको वास्तविक कारण यही मात्र हो वा अन्य कुनै परिस्थिति पनि जोडिएको छ भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved