Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली आचार्य टेक नारायण उपाध्याय: काशी विश्वनाथ का वरिष्ठ पुजारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2026
393 shares

काठमाडौं २४ असार । बागलुङको भीमपोखरामा वि.सं. २०२८ मार्गशीर्ष २४ गते जन्मिएका आचार्य टेक नारायण उपाध्याय (पौडेल) हाल भारतको वाराणसीस्थित श्री काशी विश्वनाथ मन्दिरका मुख्य पुजारीका रूपमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गर्दै आउनुभएको छ। उहाँले आफ्नो जीवन वेद अध्ययन, सनातन धर्मको संरक्षण तथा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन समर्पित गर्नुभएको बताउनुहुन्छ।


आचार्य उपाध्यायले प्रारम्भिक शिक्षा स्थानीय विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेपछि बागलुङस्थित परमानन्द वेद–वेदाङ्ग संस्कृत गुरुकुल, त्रिपुरेश्वर (विहुँ) मा गुरुकुलीय शिक्षा ग्रहण गर्नुभएको थियो। वि.सं. २०४४ वैशाखमा विवाहपछि सोही वर्ष श्रावण महिनामा उच्च अध्ययनका लागि काशी पुग्नुभयो। त्यहाँ रणवीर संस्कृत महाविद्यालयबाट उत्कृष्ट नतिजासहित माध्यमिक तहको अध्ययन पूरा गरी काशी हिन्दू विश्वविद्यालयबाट शास्त्री तथा आचार्य तह अध्ययन गर्नुभयो।
सन् १९९७ मा शुक्ल यजुर्वेद विषयमा सर्वोत्कृष्ट अंक प्राप्त गरेपछि तत्कालीन भारतीय राष्ट्रपति शंकर दयाल शर्माबाट स्वर्ण पदक प्राप्त गर्नुभएको थियो। त्यसपछि महर्षि महेश योगीको वैदिक विज्ञान केन्द्र तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयअन्तर्गत जनता संस्कृत महाविद्यालयमा वेद अध्यापन गर्नुभयो।

सन् १९९९ मा राजस्थानस्थित रामानन्दाचार्य संस्कृत विश्वविद्यालयमा वेद प्रवक्ता तथा भारतीय सेनामा धर्मगुरुको जिम्मेवारी प्राप्त भए पनि मातापिताको इच्छाअनुसार दुवै अवसर त्याग गर्नुभएको उहाँ बताउनुहुन्छ। नेपालका विभिन्न संस्कृत संस्थाबाट अध्यापनका लागि निमन्त्रणा आए पनि काशीमै रहेर सेवा गर्ने निर्णय गर्नुभएको थियो।

सन् १९९९ मा काशी विश्वनाथ मन्दिरमा वरिष्ठ पुजारीका लागि खुलेको प्रतिस्पर्धामा ४८० प्रतिस्पर्धीमध्ये दोस्रो स्थान हासिल गर्दै सन् २००० अप्रिलदेखि काशी विश्वनाथ मन्दिरमा सेवा आरम्भ गर्नुभएको हो। त्यसयता सन् २०२६ सम्म निरन्तर भगवान् विश्वनाथको पूजा–अर्चना तथा धार्मिक सेवामा सक्रिय रहनुभएको छ।

आचार्य उपाध्यायले नेपाल–भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध अझ सुदृढ बनाउन निरन्तर पहल गर्दै आउनुभएको बताउनुहुन्छ। उहाँका अनुसार नेपाललाई सनातन सभ्यता, ऋषिमुनिको तपोभूमि तथा भगवान् बुद्ध र जनकनन्दिनी सीताको पवित्र जन्मभूमिका रूपमा विश्वसामु स्थापित गर्दै पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, मनकामना, पाथीभरा लगायतका धार्मिक क्षेत्रको विकासमार्फत आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको छ।
उहाँले आध्यात्मिक पर्यटनको विस्तारले युवालाई स्वदेशमै रोजगारी सिर्जना हुने, धार्मिक तथा सांस्कृतिक अर्थतन्त्र बलियो बन्ने र नेपाल विश्वका सनातन धर्मावलम्बीहरूको प्रमुख गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

आचार्य उपाध्यायले नेपालका पूर्वप्रधानमन्त्रीहरू, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, विभिन्न राजनीतिक नेतृत्व तथा पूर्वराजासँग पटक–पटक भेटघाट गरी राष्ट्र, संस्कृति, सभ्यता र सनातन परम्पराको संरक्षणका विषयमा आफ्नो धारणा राख्दै आएको बताउनुभयो।
उहाँका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नुअघि काशी विश्वनाथको दर्शनका क्रममा आफू नेपाली भएको परिचय दिँदै नेपाललाई पुनः सनातन हिन्दु राष्ट्रका रूपमा हेर्ने आफ्नो चाहना व्यक्त गरेको स्मरणसमेत गर्नुभयो।
आचार्य उपाध्यायले द्वादश ज्योतिर्लिङ्गको दर्शन पश्चात पनि पशुपतिनाथको दर्शन नगरेसम्म पूर्ण धार्मिक फल प्राप्त नहुने धार्मिक मान्यता रहेको उल्लेख गर्दै नेपालका धार्मिक सम्पदाको विश्वव्यापी प्रचार–प्रसार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले वर्तमान पुस्ताले देशको संस्कृति, सभ्यता र सनातन परम्पराको संरक्षणमा अग्रसर हुनुपर्नेमा जोड दिँदै नेपालमा आध्यात्मिक पुनर्जागरणमार्फत राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved