Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट, संसदीय कूटनीति र कनेक्टिभिटी विस्तारमा जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2026
29

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल–भारत द्विपक्षीय सम्बन्ध, संसदीय कूटनीति तथा आपसी सहकार्यका विविध विषयमा छलफल गरेका छन्। भेटमा सभामुख अर्यालले नेपाली जनताको जनादेशबाट बनेको सरकारले पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनमा भारत सरकारले उपलब्ध गराएको लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरेका थिए।

सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा सांस्कृतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र कनेक्टिभिटीजस्ता क्षेत्रमा द्विपक्षीय सहकार्य थप सुदृढ हुँदै गएको बताए। उनले हवाई, रेल र बस सेवाको विस्तारले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्दै भविष्यमा थप उडान तथा नयाँ रुट विस्तारको अपेक्षा पनि गरे।
भेटका क्रममा सभामुख अर्यालले भारतका लोकसभा सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै उपयुक्त समयमा स्वागत गर्न नेपाल तयार रहेको बताए।

उनले भारतको संसदलाई लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ जस्ता प्रविधिमैत्री अभ्यासबाट नेपालले अनुभव आदान–प्रदान गर्न चाहेको धारणा राखे। साथै, माननीय बिपिन आचार्यको नेतृत्वमा नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै यसले अन्तर–संसदीय सम्बन्धलाई थप गति दिने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले संसदीय कूटनीतिले दुवै देशका सांसदबीच अनुभव आदान–प्रदान, आपसी समझदारी तथा साझा प्राथमिकताप्रति सम्मान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शान्ति, समृद्धि र विकासका लागि दुवै देशले सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी दिँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययनका लागि भारत भ्रमणको निमन्त्रणा दिए। उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved