Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्री बालेन शाहले व्यवसायीसँग संवाद गर्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2026
[webverse_shares]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, निर्माण व्यवसायीले भोगिरहेका व्यवहारिक चुनौती तथा समाधानका उपायबारे आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने उक्त संवादमा निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत सहजीकरणका विषयमा पनि विस्तृत छलफल हुने जनाइएको छ।

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डेको नेतृत्वमा महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेको सहभागिता रहनेछ।

संवादका क्रममा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद प्रणाली, भुक्तानीमा हुने ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि, ठेक्का व्यवस्थापन, कानुनी तथा प्रशासनिक जटिलतालगायत निर्माण क्षेत्रले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीसमक्ष धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, निर्माण क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका विषयमा पनि सुझाव प्रस्तुत गरिनेछ।

सरकार र निजी निर्माण क्षेत्रबीच प्रत्यक्ष संवादमार्फत समस्याको पहिचान गर्दै समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको यस छलफललाई निर्माण क्षेत्रको सुधार र पूर्वाधार विकासलाई गति दिने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। बैठकबाट निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न आवश्यक नीतिगत निर्णय तथा सहजीकरणका उपाय अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved