Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कमलपोखरी आत्महत्या प्रयास र जुद्ध वरुण यन्त्रका कर्मचारी समस्या उठाउँदै सांसद डा. गंगा लक्ष्मी अवालको सरकारलाई ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2026
6 shares

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा. गंगा लक्ष्मी अवालले आकस्मिक समय माग गर्दै भक्तपुर नगरपालिका–कमलविनायकस्थित कमलपोखरीमा एक आमा र बालकद्वारा गरिएको आत्महत्या प्रयासको संवेदनशील घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले घटनाको निष्पक्ष छानबिन गर्दै पीडित परिवारलाई आवश्यक संरक्षण, उपचार तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। सांसद अवालले उक्त घटना केवल एक परिवारको समस्या नभई समाजमा बढ्दो आर्थिक, सामाजिक तथा मानसिक दबाबको संकेत भएको उल्लेख गर्दै यस्ता घटनाको मूल कारण पहिचान गरी रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले राज्यले नागरिकको जीवन र सुरक्षाप्रति अझ जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, उहाँले जुद्ध वरुण यन्त्र भक्तपुरमा कार्यरत कर्मचारीहरूले लामो समयदेखि भोगिरहेका सेवा–सुविधा, व्यवस्थापन तथा कार्यसम्पादनसँग सम्बन्धित समस्याहरू पनि प्रतिनिधि सभामा उठाउनुभयो। ती समस्याको शीघ्र समाधान गरी कर्मचारीहरूको मनोबल उच्च राख्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो।

सांसद अवालले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संवेदनशील विषयमा सरकार समयमै गम्भीर, जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नागरिकको जीवन, सुरक्षा र श्रमिकको अधिकारसँग जोडिएका विषयमा ढिलाइ नगरी आवश्यक निर्णय र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved