Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्रिए, ३५ करोड लगानीसँगै ३५० रोजगारी सिर्जना हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2026
29

सुनसरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योगलाई स्थान दिइएको छ। यससँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ भने उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गर्दै लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको हो। त्यसपछि सार्वजनिक प्रस्ताव आह्वान तथा आवश्यक मूल्याङ्कन प्रक्रिया पूरा गरी नयाँ उद्योगहरूसँग लिज सम्झौता गरिएको उनले जानकारी दिए।

धरान औद्योगिक क्षेत्रमा थपिएका नयाँ उद्योगहरूमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स तथा सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्। यद्यपि सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बञ्जाडेले बताए।

यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिज लामो समयदेखि निष्क्रिय रहेकाले तिनको लिज सम्झौता रद्द गरिएको हो।

नयाँ उद्योगहरू सञ्चालनमा आएपछि प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिजले पानीका मिटर तथा फिटिङ सामग्री उत्पादन गर्नेछ भने जिडी स्टिल इन्डस्ट्रिज र जेआर भेन्चर्सले निर्माण सामग्री उत्पादन गर्नेछन्। त्यसैगरी सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार उत्पादन गर्नेछ भने सूर्य डायमन्ड इन्डस्ट्रिजले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्ने तयारी गरेको छ।

प्रमुख बञ्जाडेका अनुसार उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ नयाँ उद्योगहरूलाई औद्योगिक क्षेत्रमा प्रवेश गराइएको हो। उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूरा गर्नुका साथै केही उत्पादन निर्यात गर्ने सम्भावना समेत रहेको उनले बताए।

हाल धरान औद्योगिक क्षेत्रमा प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहेका छन्।

वि.सं. २०२९ मङ्सिर २६ गते शिलान्यास भई २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ। २०२ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमध्ये १४३ रोपनी १४ आना जग्गा उद्योगलाई भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी क्षेत्र उपयोगिता (युटिलिटी) सेवाका लागि छुट्याइएको छ।

हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन्। सञ्चालनमा रहेका उद्योगहरूमा ८०० पुरुष र २०० महिला गरी एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट रु दुई अर्बभन्दा बढी तथा सरकारी क्षेत्रबाट रु एक अर्ब ७० करोडभन्दा बढी लगानी रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved