Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारमै रहेका व्यक्तिले सिंहदरबारको प्रणाली बिगारे : दुर्गा प्रसाईं

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 7, 2026
3 shares

जनकपुरधाम । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रशासनिक तथा राजनीतिक प्रणाली सरकारमै रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्। सोमबार पूर्वसांसद धवलशम्शेर राणासँग जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै विगतमा सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू नै अहिले सत्तामा पुगेको दाबी गर्दै त्यसकै प्रभावले राज्य प्रणाली कमजोर बनेको टिप्पणी गरे।

प्रसाईंले वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरिसकेको उल्लेख गर्दै सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको आरोप लगाए। उनले आफूहरूले सरकारको १०० दिने कार्यसम्पादनबारे विस्तृत समीक्षा तयार गरिरहेको र निकट भविष्यमै भिडियोमार्फत सार्वजनिक गर्ने जानकारी दिए।

उनले सरकारको विदेश नीतिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै वर्तमान गतिविधिले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक असर परेको दाबी गरे। नेपालमा विगतमा कहिल्यै दलाई लामाको जन्मोत्सव औपचारिक रूपमा नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा फरक सन्देश गएको उनको भनाइ थियो।

प्रसाईंले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सार्वभौमिकता र सन्तुलित कूटनीतिक सम्बन्धलाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले सरकारका निर्णय र गतिविधि राष्ट्रिय स्वार्थअनुकूल हुनुपर्ने धारणा व्यक्त गर्दै विदेश नीतिमा संवेदनशीलता अपनाउन आग्रह गरे।

प्रसाईंको मंगलबार जनकपुरधाममा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसक्रममा उनले जानकी मन्दिरमा पूजाअर्चना गर्ने, नगर परिक्रमा गर्दै जुलुस निकाल्ने तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved