Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेसिनबाट धान रोपाइँतर्फ किसानको आकर्षण बढ्दै, श्रम र लागत दुवैमा बचत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 7, 2026
3 shares

नवलपरासी । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज, छिटो र प्रभावकारी बन्दै गएको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि तथा बदलिँदो मौसमका चुनौतीबीच धान रोप्ने मेसिन किसानका लागि भरपर्दो विकल्पका रूपमा स्थापित हुन थालेको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि उल्लेखनीय रूपमा बढेको छ। मध्यविन्दु नगरपालिका–१ स्थित प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गर्न थालेपछि किसान उत्साहित भएका छन्।

परम्परागत विधिबाट दिनौँ लाग्ने काम आधुनिक मेसिनमार्फत छोटो समयमै सम्पन्न हुन थालेपछि श्रमिकको आवश्यकता घटेको, रोपाइँ व्यवस्थित भएको र उत्पादन लागतमा समेत कमी आएको सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताए।

“खेतीपातीमा जनशक्तिको अभाव बढ्दै गइरहेको अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई निकै सहज बनाएको छ,” उनले भने, “कम श्रम, कम समय र बढी दक्षताका साथ काम गर्न सकिने भएकाले किसानको कृषि यान्त्रीकरणप्रतिको विश्वास दिनप्रतिदिन बढिरहेको छ।”

मध्यविन्दु नगरपालिकाले कृषिलाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिए। उनका अनुसार नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरण किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ।

“उत्पादन लागत घटाउने, कृषि उत्पादन वृद्धि गर्ने र युवालाई कृषि पेसातर्फ आकर्षित गर्ने उद्देश्यका साथ आधुनिक कृषि उपकरणमा अनुदानको व्यवस्था गरिएको हो,” नगरप्रमुख अधिकारीले भने।

यस्तै, जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको छ। ती क्षेत्रमा कृषक समूहहरूले धान रोप्ने मेसिन प्रयोग गर्दै आएका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ।

कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा वार्षिक करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। पछिल्लो समय धान रोप्ने मेसिनसहित आधुनिक कृषि उपकरणप्रति किसानको आकर्षण र माग उल्लेखनीय रूपमा बढ्दै गएको उनले बताए।

“श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीबीच आधुनिक कृषि प्रविधिको प्रयोग अब आवश्यकता बनेको छ,” ढकालले भने, “यान्त्रीकरणको विस्तारसँगै किसानको श्रम घट्नुका साथै कृषि पेसाप्रतिको आकर्षण पनि बढ्दै गएको छ।”

कृषि क्षेत्रमा आधुनिक प्रविधिको विस्तारले समय, श्रम र लागतको बचत गर्दै उत्पादनशीलता बढाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको कृषि विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार यान्त्रीकरणको प्रभावकारी विस्तारले नेपालको कृषि क्षेत्रलाई अझ प्रतिस्पर्धी, व्यावसायिक र दिगो बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved