Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेको सुझाव संकलन अभियान सकियो, पुनर्गठन र नेतृत्वबारे मतभेद कायमै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 6, 2026
29

काठमाडौँ । नेकपा एमालेले निर्वाचन पराजयको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सम्पन्न गरेको छ। प्रदेश, जनसंगठन, सम्पर्क समन्वय समिति, केन्द्रीय विभाग तथा निकायका नेताबाट सुझाव संकलन गरी त्यसका आधारमा आगामी निर्णय लिने तयारी गरिएको छ। उपाध्यक्षहरू, महासचिवलगायत केन्द्रीय पदाधिकारी विभिन्न प्रदेशमा पुगेर सुझाव संकलनमा सहभागी भएका थिए भने केही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली स्वयं उपस्थित भएका थिए।

सुझाव संकलनका क्रममा अध्यक्ष ओलीले आफूले गल्ती नगरेकाले नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिएका छन्। पुनर्गठनको नाममा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट पार्टीविरुद्ध गतिविधि गर्नेहरूमाथि कारबाही गरिने चेतावनी दिँदै उनले पार्टी पुनर्गठनबारे आधिकारिक निर्णय नभएको दाबी गरेका छन्। गुटबन्दी नगर्न र पार्टीविरोधी गतिविधिबाट टाढा रहन उनले नेताहरूलाई निर्देशन दिएका थिए।

यद्यपि तल्ला तहका अधिकांश नेताहरूले भने पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका छन्। जनसंगठन र जिल्ला तहका पदाधिकारीहरूले वर्तमान संकटको समीक्षा गर्दै नेतृत्वसहित समग्र पार्टी संरचनामा सुधार आवश्यक रहेको धारणा राखेका छन्। केही नेताले सामाजिक सञ्जालमा विचार व्यक्त गरेकै आधारमा कारबाही गर्न नमिल्ने भन्दै नेतृत्वकै भूमिकामाथि प्रश्न उठाएका छन्।

सुझाव संकलनबाट प्राप्त धारणा समेटेर महासचिव शंकर पोखरेलले अन्तिम प्रतिवेदन तयार पारिरहेका छन्। उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने तयारी छ। तर सुझाव संकलन अभियानभर नेतृत्व र पुनर्गठन पक्षधरबीच देखिएको मतभेदका कारण प्रतिवेदन सर्वसम्मत हुने सम्भावना कमजोर रहेको नेताहरूको भनाइ छ।

शनिबार च्यासलमा आयोजित कार्यक्रममा पनि अध्यक्ष ओली र महासचिव पोखरेलका अभिव्यक्तिबाट नेतृत्व र पार्टी सञ्चालनबारे फरक दृष्टिकोण सार्वजनिक भएको छ। ओलीले आफ्नो नेतृत्वको बचाउ गर्दै पुनर्गठन अभियानको औचित्यमाथि प्रश्न उठाए भने महासचिव पोखरेलले कमिटी प्रणाली कमजोर बन्दा पार्टी संकट गहिरिएको बताएका छन्। सुझाव संकलन अभियान सम्पन्न भएसँगै एमालेभित्र नेतृत्व र पुनर्गठनको बहस अझ तीव्र हुने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved