Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

PulseRSP प्रणालीमार्फत सांसदको कार्यसम्पादन पनि डिजिटल रूपमा मूल्याङ्कन हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 3, 2026
0 shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विकास गरिएको PulseRSP प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई आज अभिमुखीकरण गर्ने भएको छ।

सांसदहरूलाई प्रणालीको प्रयोगसम्बन्धी जानकारी दिनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले आज बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक आयोजना गरिएको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेको पनि उपस्थिति रहने जनाइएको छ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार अभिमुखीकरणपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा PulseRSP प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ। सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग गर्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै राख्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरणसमेत नियमित रूपमा पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही प्रणालीमार्फत गुनासा तथा सुझाव दर्ता गर्न सक्नेछन्। ती गुनासोको ट्र्याकिङ हुने, समाधान प्रक्रियाको अनुगमन गर्न सकिने तथा सोही आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने फिचर पनि प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले PulseRSP प्रणालीमार्फत पार्टीको आन्तरिक व्यवस्थापन, संसदीय गतिविधि, जनप्रतिनिधिको जवाफदेहिता र नागरिकसँगको सम्पर्कलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ। सोही उद्देश्यका साथ आयोजित अभिमुखीकरण कार्यक्रममा सबै प्रतिनिधिसभा सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved